Wednesday, November 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीमा एकै दिन १० सवारी दुर्घटना : एकको मृत्यु, सोह्र जना घाइते

गणेश कुमार यादव by गणेश कुमार यादव
November 6, 2024
in मुख्य समाचार, समाचार
0
सुनसरीमा एकै दिन १० सवारी दुर्घटना : एकको मृत्यु, सोह्र जना घाइते
43
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

धरान । सुनसरीका विभिन्न स्थानमा एकै दिन भएका १० सवारी दुर्घटना एक जनाको मृत्यु भएको ५ भने सोह्र जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार सोमबार वराहक्षेत्र नगरपालिका-३ नडाहा चोक स्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने दुर्घटनामा दुई जना घाइते भएका थिए ।

पकलीबाट चतरा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४३प ६६६२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा ४५ वर्षीय लोकबहादुर पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते पौडेललाई उपचार लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको थियो । अस्पताल पुर्‍याउना साथ चिकित्सकले पौडेललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-२ का ४० वर्षीय राजन धमला पनि घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि बसेकी निजकै छोरी २० वर्षीय वन्दना धमलाको सामान्य घाइते भएकी छन् । उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि सोमबार नै इटहरी उपमहानगरपालिका-१२ खनार बजार स्थित कोसी लोकमार्गमा इटहरीबाट दुहबी तर्फ जाँदै गरेको प्र-१-०२-०४० प ३४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते ४२ वर्षीय कृष्ण सरदार घाइते भएका छन् । पैदल यात्री सरदारलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा सामान्य घाइते भएका हुन् ।

मोटरसाइकल चालक बर्जू-१ का ३३ वर्षीय मेघराज गुरुङकै श्रीमती ३२ वर्षीय सरस्वती गुरुङ र छोरी ४ वर्षीय प्रिनिसा गुरुङ पनि सामान्य घाइते भएका हुन् । घाइते सबैको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका-६ स्थित पूर्व पश्चिम लोकमार्गमा को १२ प ८२०९ नं. को मोटरसाइकलले प्र-१-०२-०५०प १२६७ नं. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा एक जना घाइते भएका छन् । ८२०९ नं. को मोटरसाइकल चालक इटहरीकै ६२ वर्षीय राम कुमार राईको दाहिने खुट्टामा चोक लागेको छ । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अर्का मोटरसाइकलका चालक भोजपुर षडानन्द-७ का ३० वर्षीय विकास बराइली इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको नियन्त्रण छन् ।

वराहक्षेत्र नगरपालिका-७ साकेला थान स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । चक्रघट्टीबाट सोमबारे तर्फ जाँदै गरेको प्रदेश १-०२-०४६प ९९३० नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदल यात्री अर्जुन कटुवालको ११ वर्षीय छोरा अस्मिन कटुवाल ठक्कर दिएका थियो ।

घाइते कटुवालको वराहक्षेत्र नगर अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक ३५ वर्षीय रुपा माझी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

दुहबी नगरपालिका-८ जुट मिल अगाडी कोसी राजमार्गमा दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको  प्रदेश नम्बर १-०१-०१२ प २८८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा चालक २५ वर्षीय सुमन थापाको घाइते भएका थिए । उनको आर्या न्युरो अस्पताल विराटनगरमा  उपचार भइरहेको छ ।

हरिनगरा गाउँपालिका ४ हुलाकी राजमार्ग नुनिया टोलमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सुनसरी देवानगंज गाउँपालिका ७ हकपराका ३५ वर्षीय अमिलाल उराँवले को १६ प ७०९२ नं. को मोटरसाइकलले हरिनगरा ३ का अशोक मेहताको ३ वर्षीय छोरी आश्रित मेहतालाई ठक्कर दिई घाइते बनाएको थियो । उनको न्युरो  अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक उराँव घाइतेको उपचारमा संलग्न रहेका छन् । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

इनरुवा नगरपालिका ५ इनरुवा-दुहबी सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । इनरुवाबाट दुहबी तर्फ जाँदै गरेको मधेस प्रदेश-०१-००४ प ४२६२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको को २६ प ८७२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा ४२६२ नम्बरको मोटरसाइकल चालक सप्तरी शम्भुनाथ नगरपालिका-७ का २५ वर्षीय नरेश चौधरी घाइते भएका छन् । सोही मोटरसाइकलमा पछाडि सवार ३४ वर्षीय कृपानन्द चौधरीको टाउकोमा चोट लागेको छ । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

अर्को ८७२९ नम्बरको मोटरसाइकल चालक दुहबी नगरपालिका-६ का ४० वर्षीय सञ्जीव कुमार गुप्ताको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गढी गाउँपालिका-३ मझौ स्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।  छिटाहाबाट औराबनी तर्फ जाँदै गरेको को २९ प २०७ नम्बरको मोटरसाइकल ठक्कर दिँदा ४५ वर्षीय राजकुमारी चौधरी र उनकी ३ वर्षीय नाति विप्लव चौधरी घाइते भएका हुन् ।

उनीहरू दुवै जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक चालक फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा रहेको छ ।

दुहबी नगरपालिका-७ भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । गरचौकबाट शुक्रबारे तर्फ जाँदै गरेको को ७ प ३८९१ नम्बरको मोटरसाइकल चालक वराहक्षेत्र नगरपालिका-८ चक्रघटीका २१ वर्षीय सुमन उराँव घाइते भएका हुन् ।

मोटरसाइकल पछाडि सवार २० वर्षीय दिनेश उरावको घाइते भएका हुन् । गम्भीर घाइते दुवै जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुहबी नगरपालिका-४ प्र-१-०२-००४९ प ४०२ नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक दुहबी नगरपालिका-३ फुटानी चोकका २० वर्षीय दिनेश सरदार र पछाडि सवार १८ वर्षीय रोहन मगर घाइते भएका हुन् ।

उनीहरूको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। कुकुरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्राेत: कपुरी न्यूज

Previous Post

विमानस्थलबाट सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

Next Post

६ जना लागु औषध सहित पक्राउ

Next Post
६ जना लागु औषध सहित पक्राउ

६ जना लागु औषध सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist