माघ ७ गते,जनकपुर। बारामा शनिवार विहान करिव पाँच वर्षीया बालिकाको शव खोलामा फेला परेको छ।
पचरौता नगरपालिका–९ कुडवा गाउँ भएर बग्ने जमुनी खोलामा बालिकाको शव भेटिएको हो।
बालिकाको पहिचान खुलेको छैन। शव पोष्टमार्टमका लागि कलैया प्रादेशिक अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले शव पहिचानको प्रयास भईरहेको बताए।



