ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण

चित्तबुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in मुख्य समाचार, समाचार
0
मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण
37
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई स्पष्टीकरण सोधेको छ ।

सहकारीलाई १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहित मन्त्रालयमा उपस्थित हुन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार सहकारीलाई पत्र काटेकोमा १ भदौ बुधबार सहकारीको अध्यक्ष गौतमले उक्त पत्र बुझेको मन्त्रालयका एक अधिकारीले बताए । सहकारीले मन्त्रालयले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिए समस्याग्रस्त घोषणा गर्ने तयारी रहेको छ ।

सहकारीको बचतकर्ताबाट करिब साढे ७ अर्ब बचत परिचालन गरेको सहकारी सञ्चालक अध्यक्ष रामबहादुर गौतमसहित व्यवस्थापकहरु १२ साउनदेखि कार्यालय बन्द गरेर फरार भएपछि १३ साउनमा बचतकर्ता विभागमा उजुरी गर्न पुगेका थिए । १५ साउनदेखि बचतकर्ताको उजुुरी लिएको विभागमा हालसम्म १ हजार २१० जना बचतकर्ताबाट १ अर्ब ८७ करोड बचत रकमको दाबीसहित उजुरी परेको विभागले जनाएको छ ।

सोही उजुरीको आधारमा सहकारी विभागले १८ साउनमा मन्त्रालयलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले जिल्ला प्रशासन कार्यालायलाई पत्राचार गर्दै सहकारीका सञ्चालक तथा व्यवस्थापलाई विभागमका उपस्थित गराउन पत्राचार गर्नुको साथै सहकारीको सम्पूर्ण सम्पत्ति रोक्का राख्न भूमि व्यवस्था विभागलाई पत्राचार गरेको विभागले जनाएको छ ।

यस्तै सहकारी विभागको अनुरोधमा संस्थाका अध्यक्ष गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रामबहादुर र निर्मलाको घरजग्गा रोक्का राख्न विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र पठाएको थियो । साथै उनीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पनि विभागले पत्राचार गरेको थियो ।

त्यसपछि १८ साउनमा सहस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा विभागले सिफारिस गरेको थियो । विभागले सहकारीको कार्यालय सिल गर्न र विभागको अनुमतिविना नखोल्न प्रहरीलाई पत्राचार गरेको भए पनि बचतकर्ताले भने सहकराीका अध्यक्षले कार्यालय सञ्चालन गरिरहेको बताएको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।

विभागले सिफारिस गरेपछि मन्त्रालयमा छलफल पटक पटक छलफल भएपछि बुधबार १५ दिनको अवधि दिएर बचकर्ताको रकम फिर्ता गर्ने भएर स्रोत र कार्ययोजना सहित पेश गर्नुपर्ने १२/१३ वटा विषयहरुसहित उपस्थिति हुन पत्राचार गरिएको मन्त्रालयका सहकारी व्यवसाय प्रवर्द्धन तथा संघसंस्था समन्वयन शाखाको उपसचिव रघुनाथ महतले बताए ।

१५ दिनको समय अवधि दिएर सहकारीलाई पत्र पठाइसकिएको उनले बताए । तोकिएको समयमा चित्त बुझ्दो जवाफ नदिए आवश्यक प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

सहकारीका सञ्चालक फरार भएपछि काठमाडौं कुलेश्वरस्थित सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोरमा एभरेस्ट बैंकले सिलबन्दी गरेको छ ।

Previous Post

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

Next Post

बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

Next Post
बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist