ADVERTISEMENT
Wednesday, December 17, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदबार बनाउन माग

गणेश कुमार यादव by गणेश कुमार यादव
September 19, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदबार बनाउन माग
45
SHARES
Share on FacebookShare on Twitter

असोज ३ गते ,इनरुवा। सुनसरीका विभिन्न अधिकारकर्मी संघसंस्थाहरुले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागिता सहितको उम्मेदवारी सुनिश्चित गर्न माग गरिएको छ ।

महिला पुनरस्थापना केन्द्र(ओरेक) अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), गैरसरकारी संस्था महासंघ सुनसरी, दलित महिला अधिकाकर्री, महिला अधिकारकर्मी सहितका दर्जन बढी संस्थाहरुले सुनसरी सदरमुकाम इनरुवामा दबाव र्यालीको आयोजना गरि सोमबार सो माग गरिएको हो ।
यहाँ आयोजित र्यालीपछिको कोण सभामा महिला अधिकारकर्मी विनिता दाहालले आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष तर्फ ५० प्रतिशत उम्मेदवारी सबै दलले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । महिलालाई भोट बैकका रुपमा मात्रै नभई प्रत्यक्ष निर्वाचनमा पनि उम्मेदबार बनाउनुपर्ने राजनीतिक दलहरुसँग माग गर्नुभयो ।ओरेक नेपालकी प्रदेश संयोजक शान्ती दनुवारले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको भएपनि त्यसको कार्यान्वयन नभएकोले दबाव स्वरुप र्याली निकालिएको बताउनुभयो । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघकका अध्यक्ष मेघराज न्यौपानेले प्रत्यक्षमै महिलाको उम्मेदबारी र समानुपातिक समान उम्मेदवारीको व्यवस्थामा जोड दिनुभयो । अधिकारकर्मी रमेश भट्टराईले प्रत्यक्षमा नजिते पनि समानुपातिक मिलाएर महिला ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता रहेको बताउने दलहरुलाई महिला नै महिला उठाएर महिलालाई जिताउने गरि सबै दलले गृहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्णा यादवले प्रत्यक्षतर्फ पनि महिला सहभागिता हुनुपर्ने बताउँदै दलहरूले यसतर्फ विचार गर्नुपर्ने बताउनुभयो । यादवले विचार, सामाजिक मूल्यमान्यता र आर्थिक विषयले महिलालाई राजनीतिक नेतृत्वमा आउन बाधा भइरहेको बताउँनुहुदै समानताभित्र समता कायम गर्न दलहरू अग्रसर हुनुपर्ने र प्रत्यक्षमा पनि महिलाहरुलाई उम्मेदबार बताउनुपर्ने बताउनुभयो ।अर्का अधिकारकर्मी सरस्वती लुईटेलले नेपालको संविधान २०७२ को आधारमा ग्यरेण्टी गरेको अधिकारलाई पनि पितृसत्तात्मक सोच र संरचनाको हालीमुहाली रहेको राजनैतिक नेतृत्वको सोचका कारण महिलालाई दोस्रो दर्जामा राख्ने तथा दलित महिलाको सहभागितको लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
वहाँले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा देशको जनसङ्ख्याको ५० प्रतिशतभन्दा माथि रहेका महिलाको समानुपातिक समावेशी नेतृत्व सुनिश्चिततको माग गर्दै निर्णायक तहमा महिलाको अर्थपूर्ण समानुपातिक समावेशी सहभागिता सुनिश्चितताका लागि दलहरुलाई आग्रह गर्नुभयो ।

यो पनि हेर्नुहोस्:

ओरेककी कविता मण्डलले आफूले “महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार”भन्ने नारा सहित राष्ट्रव्यापी अभियान घोषणा गरीएको र त्यसमा महिलालाई प्रत्यक्ष तर्फ उम्मेदबार बनाउनुपर्ने दबाव सृजना गर्न लागेको बताउनुभयो ।

मण्डलका अनुसार महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न राज्यका सबै संयन्त्रहरुको ध्यानाकर्षण गर्ने, प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत महिलाको समानुपातीक उम्मेदवारी सुनिश्चित गर्न राजनीतिक दलहरूमा दबाव सिर्जना गर्ने गरि रयाली निकालिएको हो ।

Tags: प्रत्यक्षतर्फ पनि महिला सहभागिता हुनुपर्नेमहिलामहिलालाई उम्मेदबार बनाउनसमानुपातिक समावेशीसोचका कारण महिलालाई दोस्रो दर्जामा
Previous Post

आठौ संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

Next Post

संविधान दिवस २०७९ को अवसरमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Next Post
संविधान दिवस २०७९ को अवसरमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

संविधान दिवस २०७९ को अवसरमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist