असोज ३ गते ,इनरुवा। सुनसरीको इनरुवा नगरपालिका वडा नं–५ बलाहा स्थित रहेको सूर्य किरण एकेडेमीले संविधान दिवस २०७९ को अवसरमा सोमबार कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम गरीएको छ ।
यो पनि हेर्नुहोस्
बलाहा स्थित सूर्य किरण एकेडेमीमा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम संधिावन दिवशको अवसार पारि सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ६३ जना विद्यार्थीहरूले उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा विद्यार्थीलाई बधाई दिँदै प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले विधार्थीलाई स्वागत गर्नुभयो । प्रमुख अथिति भण्डारीले विधार्थीलाई खादा र अबिर लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई स्वागत गर्दै शिक्षा प्राप्त गर्न अग्रसर भएर आएकाहरुलाई धन्यवाद पनि दिनुभयो । भण्डारीले शैक्षिक गुणस्तरको लागी सबैको साथ र समर्थन जुटाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भण्डारीले आफू शिक्षा प्रति गम्भिर रहेकाले आफूबाट हुन सक्ने सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि प्याब्सनका प्रदेश सहसचिव विष्णु कोईरालाले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई असल विधार्थी भएर भोलिका राजनेता तथा राष्टसेवक बन्ने शुभकामना दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–५ वडा अध्यक्ष अनिल कुमार पोखरेलले शैक्षिक क्षेत्रमा सूर्य किरण एकेडेमीले खेलेको भुमिकाको प्रसंशा गर्नुभयो । पोखरेलले २०६१ सालमा स्थापना भएको एकेडेमीले दुई दशकको अवधीमा निकै फड्को मारेको उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति तथा प्रिन्सिपल मनोज कुमार यादवले विद्यालय परिवारको तर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गर्नुभयो । त्यस्तै विद्यार्थीहरूको साथ र सहयोगले गर्दा नै नगरमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गर्नुभयो ।
यादवले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई उत्कृष्ट र सहि विद्यालय छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुकविधार्थीलाई शुभकामना सहित स्वागत गर्दै स्थानीय विद्यार्थीले “नेपालमै स्थानीय ठाउँमै पढौं, नेपालमै काम गरौं र नेपाल बनाऔं” भन्नेमा जोड दिन अनुरोध गर्नुभयो ।आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो विद्यालय स्थापनाकालदेखी नै उत्साहजनक रहेको उदघोष गर्दै सबै अभिभावक तथा विद्यार्थीलाई साथ र सहयोगको लागि धन्यवाद दिनुभयो ।
इनरुवा प्याब्सनका अध्यक्ष रमेश गुरागाईले विधार्थिले उत्कृष्ट शैक्षिक संस्थाका रुपमा सूर्य किरणलाई छनौट गरेकोमा बधाई तथा धन्यवाद दिनुभयो । वहाँले शिक्षा आर्जन गर्न विधालयले मात्रै गर्ने नभई सबैको साथ, सहयोग र समन्वयन आयश्यक रहेको बताउनुभयो । कार्यक्रममा विधार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
जनप्रतिनिधिहरुलाई सम्मान
यसैबीच सूर्य किरण एकेडेमी इनरुवा ५ बलाहाले नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी सहित ६ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ । एकेडेमीका प्रिन्सिपल मनोज कुमार यादवले नगर प्रमुख भण्डारी सहित इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, वडा सदस्य यामकुमार श्रेष्ठ, शारदा भट्टराई, सृजना विश्वकर्मा, दुर्गा प्रसाद दाहाल, इनरुवा नगरपालिका ९ का वडा सदस्य मनोज कुमार यादवलाई सम्मान पत्र र खादाले सम्मान गरेको थियो । कार्यक्रम संचालन विद्यालयका इन्द्रविनोद भण्ट्राईले गर्नुभएको थियो ।
कार्यक्रममा लोकनारायण मेहता, असोक कुमार यादव, राजकुमार चौधरी, प्याब्सन कोषाध्यक्ष दिपक कार्की, राजाराम मेहता, खगेन्द्र पोखरेल, खगेन्द्र केसी, विनोद यादव, विधार्थी स्नेहा मेहता सहितको सहभागिता रहेको थियो ।