ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

संबिधान दिबस २०७९ को अवसरमा कक्षा११ उद्घाटन तथा नवागन्तुक विद्यार्थीलाई स्वागत

गणेश कुमार यादव by गणेश कुमार यादव
September 19, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
संविधान दिवस २०७९ को अवसरमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत
56
SHARES
Share on FacebookShare on Twitter

असोज ३ गते ,इनरुवा। सुनसरीको इनरुवा नगरपालिका वडा नं–५ बलाहा स्थित रहेको सूर्य किरण एकेडेमीले संविधान दिवस २०७९ को अवसरमा सोमबार कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम गरीएको छ ।

यो पनि हेर्नुहोस्

बलाहा स्थित सूर्य किरण एकेडेमीमा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम संधिावन दिवशको अवसार पारि सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ६३ जना विद्यार्थीहरूले उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा विद्यार्थीलाई बधाई दिँदै प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले विधार्थीलाई स्वागत गर्नुभयो । प्रमुख अथिति भण्डारीले विधार्थीलाई खादा र अबिर लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई स्वागत गर्दै शिक्षा प्राप्त गर्न अग्रसर भएर आएकाहरुलाई धन्यवाद पनि दिनुभयो । भण्डारीले शैक्षिक गुणस्तरको लागी सबैको साथ र समर्थन जुटाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भण्डारीले आफू शिक्षा प्रति गम्भिर रहेकाले आफूबाट हुन सक्ने सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।     त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि प्याब्सनका प्रदेश सहसचिव विष्णु कोईरालाले नयाँ भर्ना भएर आएका विद्यार्थीहरूलाई असल विधार्थी भएर भोलिका राजनेता तथा राष्टसेवक बन्ने शुभकामना दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–५ वडा अध्यक्ष अनिल कुमार पोखरेलले शैक्षिक क्षेत्रमा सूर्य किरण एकेडेमीले खेलेको भुमिकाको प्रसंशा गर्नुभयो । पोखरेलले २०६१ सालमा स्थापना भएको एकेडेमीले दुई दशकको अवधीमा निकै फड्को मारेको उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति तथा प्रिन्सिपल मनोज कुमार यादवले विद्यालय परिवारको तर्फबाट स्वागत गर्दै सबै नवआगन्तुक विद्यार्थीलाई मेहनत गरेर पढेर आफ्नो सपनालाई साकार रुप दिन अनुरोध गर्नुभयो । त्यस्तै विद्यार्थीहरूको साथ र सहयोगले गर्दा नै नगरमै उत्कृष्ट बन्दै गएको प्रति हर्ष व्यक्त गर्नुभयो ।
यादवले सम्पूर्ण नवआगन्तुक विधार्थीलाई उत्कृष्ट र सहि विद्यालय छनोट गरेकोमा खुसी व्यक्त गर्दै नवआगन्तुकविधार्थीलाई शुभकामना सहित स्वागत गर्दै स्थानीय विद्यार्थीले “नेपालमै स्थानीय ठाउँमै पढौं, नेपालमै काम गरौं र नेपाल बनाऔं” भन्नेमा जोड दिन अनुरोध गर्नुभयो ।आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो विद्यालय स्थापनाकालदेखी नै उत्साहजनक रहेको उदघोष गर्दै सबै अभिभावक तथा विद्यार्थीलाई साथ र सहयोगको लागि धन्यवाद दिनुभयो ।

इनरुवा प्याब्सनका अध्यक्ष रमेश गुरागाईले विधार्थिले उत्कृष्ट शैक्षिक संस्थाका रुपमा सूर्य किरणलाई छनौट गरेकोमा बधाई तथा धन्यवाद दिनुभयो । वहाँले शिक्षा आर्जन गर्न विधालयले मात्रै गर्ने नभई सबैको साथ, सहयोग र समन्वयन आयश्यक रहेको बताउनुभयो । कार्यक्रममा विधार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
जनप्रतिनिधिहरुलाई सम्मान

यसैबीच सूर्य किरण एकेडेमी इनरुवा ५ बलाहाले नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी सहित ६ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ । एकेडेमीका प्रिन्सिपल मनोज कुमार यादवले नगर प्रमुख भण्डारी सहित इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, वडा सदस्य यामकुमार श्रेष्ठ, शारदा भट्टराई, सृजना विश्वकर्मा, दुर्गा प्रसाद दाहाल, इनरुवा नगरपालिका ९ का वडा सदस्य मनोज कुमार यादवलाई सम्मान पत्र र खादाले सम्मान गरेको थियो । कार्यक्रम संचालन विद्यालयका इन्द्रविनोद भण्ट्राईले गर्नुभएको थियो ।

कार्यक्रममा लोकनारायण मेहता, असोक कुमार यादव, राजकुमार चौधरी, प्याब्सन कोषाध्यक्ष दिपक कार्की, राजाराम मेहता, खगेन्द्र पोखरेल, खगेन्द्र केसी, विनोद यादव, विधार्थी स्नेहा मेहता सहितको सहभागिता रहेको थियो ।

Tags: इनरुवा नगरपालिकाइनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीनवआगन्तुक विधार्थीलाई स्वागतसंधिावन दिवशको अवसारसूर्य किरण एकेडेमी
Previous Post

संविधान दिवस २०७९ को अवसरमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Next Post

पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

Next Post
पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist