Friday, May 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in मुख्य समाचार, समाचार
0
नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव
35
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको प्रवन्ध सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली नम्बर भएका ढुवानीका साधनहरू नेपालको उत्पादन बोकेर भारतका सहर पुग्न पाउने गरि द्विपक्षीय व्यापार सम्झौतामा संशोधन आवश्यक रहेको सुझाव दिइएको हो ।

नेपाल उद्योगवाणिज्य महासङ्घको प्रदेश १ समितिको आयोजनामा विराटनगरमा भएको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना विषयक गोष्ठीमा दुई देशबीचकोे व्यापार सम्झौता संशोधन गरेर गैरभन्सार अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव दिइएको थियो ।
निर्यात व्यापारलाई भारतको मूल्यश्रृंङ्खलामा जोड्न आवश्यक रहेको नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाको भनाई थियो । उहाँले भारतसित दीर्घकालीन व्यापार सम्झौता गरेर गैरभन्सार अवरोध नहुने प्रावधान राख्नसके मात्रै नेपाल–भारत व्यापार घाटा सन्तुलन उन्मुख हुने बताउनुभयो । सिमानामा सुक्खा बन्दरगाह, कन्टेनर फ्रेट स्टेसन र आइसिपीजस्ता पूर्वाधार निर्माण गरेर दुई देशबीचको व्यापारलाई सहजीकरण गर्न सकिने पूर्व सचिव ओझाको बुझाई थियो । भारतमा निर्यात गर्ने उद्देश्यले नेपालमा उत्पादित वस्तुको समानीकरण, परीक्षण र प्रमाणीकरणलाई समान तुल्याउन आपसी मान्यता स्थापित गर्न व्यापार सम्झौता संशोधन आवश्यक रहेको भनाई थियो ।

नेपाली व्यवसायीले निर्यात गर्ने वस्तुको गुणस्तरको व्यवस्थापन, ब्रान्डिङ र लेभलिङमा ध्यान दिनुपर्ने र खरिद पक्षसँग विश्वास बढाउन सके व्यापारमा सहज अवस्था हुने सुझाव धेर्रको थियो । पूर्वसचिव ओझाले नेपाली व्यवसायीले भारतसितको निर्यातव्यापारमा प्रशस्त गैरभन्सार अवरोध झेल्नु परेको दावी गर्नुभयो ।
छिमेकी देशसँगको व्यापार सहजीकरण गर्न सीमा जोडिएका शहर उद्योगी–व्यापारीबीच संयुक्त संयन्त्र बनाउन सकिने बताइएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् सावतीका अध्यक्ष डा। पोषराज पाण्डेले गत आर्थिक वर्ष भारतसितको व्यापारमा १ हजार ४४ अर्बको व्यापारघाटा नेपालले भोग्नु परेको बताउनुभयो । अहिलेकै निर्यात व्यापारको अवस्थाले भारतसितको घाटा घटाउन नसकिने भएकोले प्रत्यक्ष वैदेशिक लगानीमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । भारतले लगाएका गैरभन्सार अवरोध पहिचान गरेर द्विपक्षीय वार्तामा गम्भीर रुपमा राख्न आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले भारतबाट कच्चा पदार्थ ल्याएर त्यसैलाई प्रशोधन गरेर भारत नै निर्यात गर्दा धेरै समस्या रहेको बताउनुभयो । भारतले बङ्गलादेशमा उत्पादित जुटका वस्तुमा एन्टी डम्पिङ ड्युटी नलिने भएपनि नेपालका जुटउद्योग भारतमा उक्त ड्युटीको मारमा परिरहेको राउतको गुनासो थियो ।

यसैगरी महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले नेपालले अब विश्वको मूल्यश्रृखलासँग जोडिएर भारतसँग निर्यात व्यापार बढाउन आवश्यक रहेको बताउनुभयो । भारतीय बजार नेपालको निर्यात व्यापारमा संभावना बोकेको भएपनि ठूलो घाटामा परेकोले सहजै निस्कन सक्ने स्थिति नरहेको बोहराको बुझाई छ । भारतसितको व्यापार घाटामा किन गयौँ भन्ने तथ्यको खोजेर नेपालमा लजिस्टिक खर्च घटाउनु पर्ने र निर्यात बढाउन वस्तु अनुसारको फरक–फरक नीति ल्याउनु पर्ने सुझाव बोहोराको छ । उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले भारतले कृषिजन्य उत्पादनको कच्चा सोझै लिनका लागि प्रशोधन गरेको वस्तुमा कर बढाएको आरोप लगाउनुभयो । नेपाली चियाको काँचो पत्तिको माग बढाएको भारतले प्रशोधन गरेको चिया निकासीमा अवरोध सिर्जना गरेको बताउनुभयो । श्रोत : आवर बिराटनगर

Previous Post

बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण

Next Post

धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

Next Post
धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2783 shares
    Share 1113 Tweet 696
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1517 shares
    Share 607 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    821 shares
    Share 328 Tweet 205
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist