सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।
बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।
नेपाली कांग्रेसका नेता गच्छदार आगामी निर्वाचनमा सुनसरी ३ बाट प्रतिनिधिसभाको उम्मेदवार भएपछि उनीसहित ९ जना उम्मेदवारविरुद्ध रिट दायर गरिएको थियो ।