कार्तिक २ गते, इनरुवा । नेपाल राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवाका उद्योग व्यापारीहरुले विरोध र्ययाली प्रदर्शन गरेकाे छ ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले इनरुवाका उद्योग व्यापारीहरुले नगरपरिक्रमा गरि विरोध र्याली प्रदर्शन गरेका हाे ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ खारेजको माग गर्दै उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले १० बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र समेत बझाएको छ ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले सदरमुकाम इनरुवा नगरपरिक्रमा गरि बिभिन्न नाराबाजी गर्दै विरोध र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिअटलले जानकारी दिए ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीका अध्यक्ष वीरेन्द्र शाहले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।