गनेश कुमार यादव
माघ २८ गते,इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं-११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ ।
हाम्रो एकता युवा क्लबकाे आयाेजनामा बराहक्षेत्र नगरपालिका वडा नं-११ स्थित रहेकाे जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएकाे हाे
सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त प्रतियोगिताको व्यानर पढेर उद्घाटन गर्नुभएको हाे ।
उक्त नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयाे ।
उक्त नकआउट फुटबल प्रतियोगितामा ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे ।
प्रतियोगितामा पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए ।
एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।
उक्त प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने हाम्रो एकता युवा क्लबका अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे ।
उक्त प्रतियोगिताकाे एम्पाएर यशराज राई,अजित अधिकारी ,मीन थापा,राजेश राई रहेका थिए ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डल,विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं-११ का वडा अध्यक्ष कृष्ण कुमार मेहता,रामजी उराँव ,विवि जुलेसा खातुन,महेन्द्र मेहता,तुलशा धमला लगायतकाे आतिथ्यता रहेकाे थियाे भने उत्साह जनक खेलप्रेमी दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।
हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीकाे अध्यक्षतामा उक्त प्रतियोगिता संचालन भएकाे थियाे।