ADVERTISEMENT
Wednesday, December 17, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

क्रिकेटरले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा, छलफल गराइदिन आग्रह

प्रहरीमा दर्ता नभएका पत्र सामाजिक सञ्जालमा छताछुल्ल

गणेश कुमार यादव by गणेश कुमार यादव
September 12, 2023
in खेलकुद, मुख्य समाचार
0
क्रिकेटरले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा, छलफल गराइदिन आग्रह
88
SHARES
Share on FacebookShare on Twitter

 

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका एक सदस्यको नाम लिएर लेखिएका तीनवटा निवेदन हिजो साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हस्तलिखित तीन वटै निवेदनमा कुनै पनि सरकारी निकायको छाप छैन, जसले कतै पनि दर्ता नभएको बुझ्न सकिन्छ ।

निवेदनहरुको मुन्तिर ‘निवेदक’को नाम, हस्ताक्षर, औंठाछाप र मोबाइल नम्बरसमेत उल्लेख छ । क्रिकेटरको नाम र तस्विरसहित उनीमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्मको आरोप लगाउँदै स्टाटस र समाचारहरु प्रकाशित हुन थालेपछि चिन्तामा परेका छन् प्रहरी अधिकारीहरु ।

सार्वजनिक भएकामध्ये एउटा निवेदन भाद्र २४ को मितिमा ‘कालिमाटी प्रहरी चौकी’ को नाममा लेखिएको छ । निवेदनको ‘विषय’ छः श्री …… को व्यवहारसम्बन्धी बयान । निवेदनमा ‘एक युवतीलाई सम्बन्धमा हुँदा धोका दिएर मानसिक हानि पुर्‍याएको आरोप लागेका क्रिकेट खेलाडीका बारेमा चलिरहेको अनुसन्धानको सम्बन्धमा बयान दिन आफूले यो लेखेको’ उल्लेख छ ।

निवेदकले सन् २०२३ को जनवरीमा क्रिकेटरसँग भेट्ने र कुराकानी गर्ने मौका पाएको बताएकी छन् । आफूहरुको कुराकानीको दौरान क्रिकेटरले आफूलाई ‘सिंगल’ बताएको निवेदनमा उल्लेख छ ।

‘उनले मलाई आफ्नो एकल हैसियतको आश्वासनमात्र दिएनन्, तर मलाई भेट्न र सम्बन्ध स्थापित गर्न निरन्तर प्रयास पनि गरे । हाम्रो कुराकानीको दौरान आफू सम्बन्धमा रहेको खुलासा गरेनन् । उनको व्यवहारले उनी अरु कसैसँग संलग्न भएको संकेत पनि दिएन’, पत्रमा भनिएको छ ।

आफूलाई …. ले सम्पर्क गरी क्रिकेटरसँग आफ्नो सम्बन्धको विवरण खुलासा गरेको पत्रमा उल्लेख छ ।

‘यद्यपि, म स्वतन्त्र रुपमा उनको दाबीको सत्य प्रमाणित गर्न सक्दिनँ र मलाई उनले दिएको बयान सत्य हो वा होइन भन्ने कुरा थाहा छैन’, पत्रमा अगाडि लेखिएको छ, ‘मलाई यो जानकारी उपलब्ध गराउनु महत्वपूर्ण छ जस्तो लाग्यो किनभने … ले मसँग सम्पर्कमा रहन खोज्दा … सँग आफू पहिल्यै संलग्न भइसकेको मिस… को भनाइ सही हो भने यसले श्री … को इमानदारी र नियतमाथि प्रश्न खडा गर्छ ।’

सार्वजनिक दोस्रो पत्र पनि भदौ २४ को मितिमा ‘कालिमाटी प्रहरी चौकी’ लाई नै सम्बोधन गरी लेखिएको छ । यो पत्रको ‘विषय’ पनि ठ्याक्कै उस्तै छ- …..को व्यहोरासम्बन्धी जानकारी ।

यसमा पनि क्रिकेटरमाथि दिइएको उजुरीबारे थाहा पाएको उल्लेख छ । निवेदकले आफू सोल्टीमोडको ‘हायत प्यालेस’ मा इन्टर्न गर्दा क्रिकेटरसँग चिनजान भएको तथा सोसल मिडियामा बोलचाल हुन थालेको जनाएकी छन् ।

‘म त्यहाँ कार्यरत छँदा मलाई झुक्यानमा पारी गौशालास्थित …. प्लाजामा लगी अनुचित प्रभावमा पारी शारीरिक सम्पर्क राखेको थियो । त्यसपश्चात मसँग विस्तारै सम्पर्कविहीन भयो र फेरि ५-६ महिनापछि मसँग फेरि सोसल मिडियामा बोल्न खोजी मसँग …क्याफेमा भेटी फेरि अनुचित प्रभावमा पार्न खोजेको थयो । विस्तारै उसको चरित्र यही प्रकारको छ भन्ने जानकारी पाएँ र निवेदनसाथ उपस्थित भएको छु ।’

निवेदनको थप व्यहोरा छ- ‘मसँग क्रिकेटर … ले असुरक्षित यौन सम्पर्क राखी मलाई अर्को महिनासम्म महिनावारी नआउँदा दिनसम्म म मानसिक तनाव झेलिरहेको र महिला भएको कारण म त्यो खुलाउन सकेको थिइनँ । तर, …. ले दिएको उजुरी थाहा पाएपछि मभित्र पनि हिम्मत आयो र आज म निवेदन साथ यस प्रहरी परिसरमा उपस्थित भएको छु ।’

तेस्रो पत्र भदौ २३ को मितिमा छ र ‘कालीमाटी प्रहरी चौकी’ लाई नै सम्बोधन गरिएको छ । यसको विषय पनि उही छ– ‘… को व्यहोरासम्बन्धी जानकारी सम्बन्धमा ।’

यसमा पनि क्रिकेटरमाथि उजुरीबारे थाहा पाएको उल्लेख छ । निवेदकले २०७९ सालको चैत महिनामा आफ्नो क्रिकेटरसँग सामाजिक सञ्जालबाट चिनजान भएको उल्लेख गरेकी छन् ।

‘पहिलो संवादमै मलाई भेट्न बोलाइराख्दा म गएको थिइनँ । त्यसपश्चात मलाई ललाइफकाइ अनुचित प्रभावमा पारी भेट गर्न खोज्यो र सम्पर्कमा राख्न पनि खोज्यो । साथसाथै मलाई रेस्टुरेन्टमा लगी किस गरेको र नराम्रोसँग छोएको थियो । नेपालको गेम चलिराख्दा मलाई फेमिली भीआईपी पास पठाइ गेम हेर्न बोलाएको थियो । त्यसपछि आफ्नो परिवार बस्ने घरमा लगी आफ्नो घर-परिवारसँग चिनजान गराएको थियो ।’

विस्तारै सम्बन्ध रहँदै जाँदा आफू जस्तै ४-५ जना केटीसँग सम्बन्ध राखेको थाहा पाएको उल्लेख छ । पत्रमा आफूसँग प्रमाणका रुपमा कल रेकर्डिङ, म्याच हेर्ने भीआईपी पास र कुरा गरेको च्याटको प्रतिलिपि रहेको जनाइएको छ ।

यी तीनवटै पत्रको आधिकारिकता अहिलेसम्म पुष्टि हुन सकेको छैन । पत्रमा उल्लेख भएका फोन नम्बरहरुमा हामीले सम्पर्क प्रयास गर्‍यौं । दुई वटा नम्बरमा फोन उठेन । एउटा नम्बरमा महिलाले फोन रिसिभ गरे पनि निवेदनको विषयमा आफूलाई कुनै जानकारी नरहेको र सम्बन्धित क्रिकेट खेलाडीलाई नचिन्ने बताइयो । ट्रु कलरमा हेर्दा तीनमध्ये एउटा नम्बर निवेदकको नामसँग मिल्दोजुल्दो देखियो । अर्को नम्बरमा ‘भाँडा पसल’ लेखिएको पाइयो ।

तीन वटै निवेदनमा ‘कालीमाटी प्रहरी चौकी’ (गलत नाम) लेखिनु, विषय एउटै हुनु र दुई वटा निवेदनमा अक्षर पनि उस्तै हुनुले एकै व्यक्तिले लेखेको आशंका गर्न सकिन्छ । कुनै पनि उजुरीमा क्रिकेटरमाथि बलात्कारको आरोप भने लगाइएको छैन । केवल उनको चरित्रमाथि औंला उठाइएको छ ।

अब यसको पृष्ठभूमिमा जाउँ । सुरुमा एक युवती क्रिकेटरविरुद्ध उजुरी लिएर कालिमाटी प्रहरीमा पुगेकी थिइन् । उनको ठाडो उजुरी कालीमाटी महिला सेलमा गत १५ गते दर्ता भएको प्रहरी स्रोतले बतायो । उनको उजुरी भने कतै पनि सार्वजनिक भएको छैन ।

उक्त उजुरी पनि बलात्कारसँग सम्बन्धित भने थिएन । प्रहरी स्रोतका अनुसार ती युवतीले आफू क्रिकेटरसँग लामो समय प्रेममा रहेको र शारीरिक सम्बन्धसमेत कायम भएको जनाएकी छन् । ‘उजुरीमा उनीहरुबीचका सामान्य असमझदारीका विषयमात्र छन्, कुनै गम्भीर आरोप लगाइएको छैन’, स्रोतले भन्यो ।

क्रिकेटरले आफूलाई प्रेममा धोका दिएको भन्दै भेट्टाएर छलफल गराइदिन युवतीले आग्रह गरेकी थिइन् । उनको आशय क्रिकेटरले आफूसँग विवाह गर्नुपर्छ भन्ने थियो ।

युवतीले प्रहरीमा उजुरी दिनुअघि क्रिकेटरलाई यसको जनाउसमेत दिएकी थिइन् । उनले ‘सन्दीपलाई जस्तै फँसाइदिने’ धम्की दिएपछि क्रिकेटर आफैं प्रहरीमा पुगेर छलफल गरेका थिए । यो उनी पाकिस्तान जानुभन्दा एक-दुई दिन अगाडिको कुरा हो ।

‘आफूलाई जाहेरी दिएर जेल हालिदिने धम्की दिइएकाले केही अप्ठेरो पर्छ कि भनेर बुझ्न आउनुभएको थियो’, प्रहरी स्रोतले भन्यो ।

उजुरी दिने ‘पूर्वप्रेमिका’ आज पनि प्रहरीमा पुगेकी छन् । उनलाई प्रहरीले बोलाएको हो वा आफैं गएकी हुन् भन्ने खुल्न सकेन । स्रोतका अनुसार उनले सामाजिक सञ्जालमा आएका निवेदनहरुबारे आफूलाई जानकारी रहेको र ती ‘निवेदक’ सँग आफू सम्पर्कमा समेत रहेको बताएकी छिन् ।

‘मेरो विवाद मिल्यो भने उनीहरुको पनि मिल्छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

सामाजिक सञ्जालमा भाइरल भएका निवेदनहरु भने प्रहरीमा आइनपुगेको स्रोतको दाबी छ । प्रहरीमा दर्ता नभएका निवेदन सामाजिक सञ्जालमा छताछुल्ल भएकोमा प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।

‘प्रहरीसम्म आइनपुगेका निवेदनहरु किन सोसल मिडियामा सार्वजनिक गरिए ? हामी पनि बाहिर आएका विषयलाई नजिकबाट हेरिरहेका छौं’, महिला सेलका एक अधिकारी भन्छन् । निवेदकबाहेकका व्यक्तिले विभिन्न स्वार्थवस बाहिर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले कुनै पनि क्रिकेटरविरुद्ध कसैले जाहेरी दिएको आफूलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म कुनै क्रिकेटरविरुद्ध त्यस किसिमको जाहेरी परेको छैन’, एसपी ढुंगेलले भने ।

श्राेत :नेपाल प्रेस
Previous Post

प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ

Next Post

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

Next Post
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist