ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भुटानसँगको हार स्वीकार्न गाह्रो

गणेश कुमार यादव by गणेश कुमार यादव
September 11, 2022
in खेलकुद
0
भुटानसँगको हार स्वीकार्न गाह्रो
42
SHARES
Share on FacebookShare on Twitter

भदौ २६ गते, काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २–० ले पराजित भयो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा गोल गरे ।

अघिल्लो महिना भारतमा भएको साफ यू(१९ च्याम्पियनसिपमा सहभागिता नजनाएको भुटानले यू२० एसियन कप छनोटमा भने नेपाललाई हराएर सानदार सुरुवात गर्‍यो । भुटानले दुवै गोल काउन्टर हट्याकमा गरेको थियो ।

प्रशिक्षक केसीले भुटान विरुद्धको हार स्वीकार्न नसक्ने बताए । ‘पक्कै पनि नतिजाको हिसाबले नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौं,’ प्रशिक्षक केसीले खेलपछि भने ।

ढिलो बहराइन पुग्नु र त्यहाँको गर्मी मौसममा घुलमिल हुनै नपाइ मैदान उत्रिनुलाई नै नेपालको हारको कारण मानेका छन् उनले । भुटान १० दिनअघि नै बहराइन गएर त्यहाँको मौसममा घुलमिल भएको थियो । नेपाली टिम भने प्रतियोगिता अघि मात्र बहराइन पुगेको थियो ।

‘हामी एक दिनअघि मात्र बहराइन आइपुग्यौं । हामी यहाँको टाइम, यहाँको तापक्रममा घुलमिल हुन सकेको छैनौँ । जस्तो खेलाडीहरु धेरै जना बिरामी भए, खेलाडीहरुको ज्यानमा शक्ति नै नभएको जस्तो भयो । हिजो हामीले एक दिन ट्रेनिङ गर्यौं । त्यसले झन घाटा गर्यो, एक दिनमै एडजस्ट हुन सक्ने भएन,’ उनले भने ।

भुटानसँगको हारपछि निराश देखिएका केसीले थपे, ‘भुटान जस्तो देश १० दिनअघि आएर यहाँ घुलमिल भइरहेको छ । हामीले एउटा ट्रेनिङ सेसन पनि राम्रो गर्न पाएनौं । तर पनि यो नतिजा स्वीकार योग्य छैन ।’

यो पनि हेर्नुस्

पहिलो खेलमै भुटानसँग हारेके नेपालका लिग छनोटको समूह बीका बाँकी खेल झन् चुनौतीपूर्ण बन्ने भएको छ ।

नेपालले अब सोमबार बलियो टिम कतारसँग खेल्नेछ । यस्तै बहराइनसँग बिहिबार र बंगलादेशसँग आउने आइतबार खेल्नेछ । प्रशिक्षक केसीले अब हुने खेलमा कस्तो प्रदर्शन गर्ने भन्ने विषय खेलाडीको रिकभरीमा भर पर्ने बताए । ‘अब दुई रात रेस्ट छ । दुई दिनपछि बेलुका खेल छ । अब खेलाडीहरु कति रिकभर हुन्छन् त्यसमा भर पर्छ ।’

भुटान विरुद्ध इन्जुरी टाइममा रेड कार्ड पाएका अभिषेक वाइवा कतार विरुद्धको खेलमा हुने छैनन् ।

भुटानसँग लगातार हार

दक्षिण एसियाली फुटबलमा भुटानलाई तुलनात्मक रुपमा कमजोर मानिदै आएको छ । तर पछिल्लो समय भुटान फुटबल फेडेरेसनले उमेर समूहमा एकेडेमी सञ्चालन गर्दै फुटबलमा सुधार गरिरहेको छ । भुटानले उमेर समूहदेखि नै जोड दिँदै आएकोले अहिले त्यसको नतिजा देखिएको हो ।

नेपाल उमेर समूहमा भुटानसँग पराजित भएको यो पहिलो पटक भने होइन । सन् २०१७ र २०१९ मा भएको साफ यू–१८ च्याम्पियनसिपमा पनि नेपाल भुटानसँग पराजित भएको थियो । २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १–० ले पराजित भएको थियो । यस्तै २०१९ मा काठमाडौंमै भएको प्रतियोगितामा नेपाल भुटानसँग ३–० ले पराजित भएको थियो । श्रोत ः अनलाइनखबर

Tags: भुटानभुटानसँगको हारस्वीकार्न गाह्रोहार
Previous Post

इमरान खान सवार विमानको आकस्मिक अवतरण

Next Post

मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

Next Post
मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist