मंसिर २४गते,इनरुवा। सुनसरीकाे इनरुवामा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा र्याली तथा अन्तरकृया कार्यक्रमसम्पन्न भएकाे छ ।
शनिबार इनरुवा नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजानमा भगवती मा.विबाट र्याली निकालेर इनरुवा नगरपालिकाकाे सभाहलमा गई सरोकारबाला बीचमा “न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार” भन्ने मूल नाराको बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे हाे । “न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार ” नाराका साथ १० डिसेम्बरको अवसरमा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा र्याली र अन्तरकृया आयोजना गरेको इनरुवा नगरपालिकाले जनाएकाे छ । उक्त र्यालीमा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, प्रहरी उपरीक्षक प्रमु प्रसाद ढकाल, इनरुवा नगरपालिकाका
उपप्रमुख विनिता कुमारी मेहता, इनरुवा नगरपालिका वडा नं५,३,८का वडा अध्यक्ष ,विद्यार्थीहरु सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थित रहेको थियो।