ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जिल्ला अस्पताल विकास समितिको स्वार्थले अस्पताल बन्द हुने अवश्थामा

आफ्नालाई जागिर खुवाउन करिब ६० जना स्वास्थ्य कर्मचारी हटाइयो

गणेश कुमार यादव by गणेश कुमार यादव
January 25, 2023
in Uncategorized, मुख्य समाचार
0
जिल्ला अस्पताल विकास समितिको स्वार्थले अस्पताल बन्द हुने अवश्थामा
46
SHARES
Share on FacebookShare on Twitter

माघ ११ गते, इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवाको विकास र प्रशासनिक काम कारवाहीमा नीतिगत निर्णय गर्ने अधिकार पाएको अस्पताल विकास समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुको स्वार्थका कारण अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।Nurab medical अस्पताल विकास समितिमा रहेका जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, नेकपा एमालेका पर्शुराम यादव र धिरामाया राई, नेकपा माओवादी केन्द्रका तोया गिरी र घुब्र पंडित र अन्य शक्ती केन्द्रले २०७९ माघ १ गतेबाट करार सेवाका चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारी हटाएर भागवण्डामा आफू निकटका व्यक्ति र दलका कार्यकर्ता भर्ना गर्न स्वार्थप्रेरित चासो राखेपछि अस्पतालमा सेवानै बन्द हुने अवस्थामा आएको हो ।

१ नं प्रदेश सरकारको मातहातमा रहेको जिल्ला अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष तथा राजनीतिक दलबाट ५ जना प्रतिनिधि विकास समितीको सदस्य रहने कानुनी व्यवस्था अनुसार गठन भएको विकास समितिले ६ महिनादेखि बैठक बसेर नीतिगत निर्णय नगर्दा अस्पताल दुईवर्ष अगाडिकै अवस्थामा पुग्न लागेको हो ।

अस्पताल विकास समितिको बैठक ६ महिनादेखि बस्न नसक्दा जिल्ला अस्पताल सुनसरी इनरुवामा आवश्यक स्वास्थ्य सामग्री उपकरण खरिद नहुनुका साथै विशेषज्ञ चिकित्सक र कर्मचारीको माघ महिनादेखि करार अवधी थप नहुँदा अस्पतालको सेवा संचालन बन्द हुने अवस्थामा पुगेको हो ।

श्रोतका अनुसार अस्पताल विकास समितिमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र विकास समितिका अध्यक्षले औजार, उपकरण, मेसिनरी सामानलगायत खरिदमा आफु अनुकुल हुनेगरि नीतिगत निर्णय गराउन नपाएपछि समितीको बैठक ६ महिनादेखि बस्न सकेको छैन ।

जिल्ला अस्पताल इनरुवामा कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरुको करार अवधी गत पुस मसान्तमा सकिएपछि उनीहरुको कानुन्त स्वत सेवाबाट हटेका छन भने विभिन्न पदका कार्यरत रहेका ६० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत करार सेवाको म्याद थप नहुँदा अस्पताल जनशक्ति अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

अस्पतालमा आँखा उपचार सेवा संचालनका लागि आवश्यक पर्ने स्लीट ल्याम्प नाम गरेको मेसिनरी औजार उपकरण खरिद नहुँदा आखाँ उपचारका लागि नियुक्त भएका चिकित्सक ६ महिनादेखि बेरोजगार भएर बसेका छन् ।

त्यसैगरि जिए मेसिन, थाइराइड सिएलआइए मेसिन, अर्थो सर्जरी, ओटी लाइट आइसियु एनआइसियुमा चाहिने औजार, मेसिनरी उपकरण तथा अस्पतालमा फिजियोथेपारी सेवा संचालनका लागि आवश्यक रहेको फिजियोथेरापी सेटअप र ल्याबका लागि चाहिने रिएजेन्टहरु टेण्डर प्रक्रियाबाट खरिद सरकारले करिब १ करोड रुपैयाँ फिर्ता जाने अवस्थामा पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरेलाई अस्पतालका चिकित्सक तथा कर्मचारीले सोमबार एक ज्ञापनपत्रमार्फत अस्पतालमा ६ महिनादेखि नीतिगत निर्णय नहुँदा उपचार सेवाका साथै उपचारका लागि आवश्यक औजार उपकरण मेसिनरी सामान खरिद नहुँदा सेवा प्रवाहमा समस्या रहेको भन्दै ध्यानआर्कषण गराई आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अस्पतालका चिकित्सक र कर्मचारीले अस्पतालभित्र प्रत्यक्ष रुपमा राजनीतिक दलका नेताहरुको हस्तक्षेपका कारण सुधार हुँदै उपचार सेवामा विश्वसनियता कमाउदै गएको अवश्थामा ६ महिनादेखि अस्पताल विकास समितिको बैठक नबसेकाले आवश्यक सामग्री उपलब्ध नहुनुका साथै चिकित्सकको सेवा सुविधासमेत प्राप्त नभएको ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

त्यसैगरि हाल निजी क्षेत्रबाट सम्झौता गरि अस्पतालको सुरक्षामा खटाईएका सुरक्षाकर्मीलाई हटाएर अस्पतालकै निजी आम्दानीबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका नेताहरुको पहुँचमा भएका मानिसलाई भागवण्डाको आधारमा सुरक्षाकर्मी राख्ने तयारी गरेको बुझिएको छ ।
श्रोत ः वर्णमाला अनलाइन

 

Tags: जिल्ला अस्पतालजिल्ला अस्पताल सुनसरी इनरुवा
Previous Post

आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग

Next Post

आत्मदाह गरेका आचार्यकी श्रीमतीले गृहमन्त्रीसँग राखिन् यस्ता माग

Next Post
आत्मदाह गरेका आचार्यकी श्रीमतीले गृहमन्त्रीसँग राखिन् यस्ता माग

आत्मदाह गरेका आचार्यकी श्रीमतीले गृहमन्त्रीसँग राखिन् यस्ता माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist