साउन २१गते, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भिमनगर बोर्डर नजिकै नक्कली नोट कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई नक्कली नोटसहित नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सप्तरी हनुमान कंकालिनी नपा–०२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नं. ०१ का २५ वर्षीय राजेश चमार रजकलाई पक्राउ गरेको हो।
राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकासँगै मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।



