ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जेनजी आन्दोलन: तोडफोड–आगजनीमा मुछिएकाको कांग्रेस सदस्यता रोक्ने

गणेश कुमार यादव by गणेश कुमार यादव
December 4, 2025
in Uncategorized
0
35
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कांग्रेस कार्यकर्ताको सदस्यता नवीकरण नगर्ने जिल्ला कार्यसमितिले निर्णय गरेको छ।

सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेपछि दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइने कांग्रेस नेतृत्वले जनाएको छ। कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको बुधबार बसेको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन गर्न सकुर्लर गरेको छ ।

वडाबाट त्यसपछि प्राप्त नामावालीका आधारमा त्यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए ।

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने कोशी प्रदेश महामन्त्री उमेश थापाले बताए । उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन्, खोजी खोजी निस्काषन गर्नेछ ।

सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । निजी क्षेत्रको क्षतिको विवरण अहिलेसम्म संकलन हुन सकेको छैन ।

खासगरी जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ ।

आन्दोलनका क्रममा कांग्रेसबाट इटहरी उपमहानगरको मेयरमा निर्वाचित भएका हेमकर्ण पौडेलको अढाइ तले पक्की घर आगजनीबाट पूर्ण रूपमा क्षति भएको थियो ।

धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो ।

यसैगरी, धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र गोले तामाङलगायतको निजी घरमा तोडफोड भएको थियो ।

यस्तै, पूर्व मेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो ।

आन्दोलनका क्रममा कांग्रेससबाट विजयी कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी आगजनी गरिएको थियो । यस्तै, इनरुवाका मेयर एवम् जिल्ला सभापति केदार भण्डारीको घरमा पनि आगजनी गरिएको थियो ।

प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद एवम् एमाले नेता भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षति पु¥याएका थिए ।

धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते इटहरी वडा नं. १४ का ४० वर्षीय मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरीस्थित आफन्तकोमा बस्दै आएका अभिषेक श्रेष्ठको मृत्यु भएको थियो ।

२४ गते जिल्लाभर बढी मात्रमा सरकारी तथा निजी व्यक्तिको सम्पति क्षती गरेकाले त्यसमा संलग्नको सुक्ष्म ढंगले विवरण तयार पार्ने कांग्रेसले जनाएको छ ।

Previous Post

दुर्घटनामा परि एकजनाको मृ’त्यु, १४ जना घा’इते

Next Post

स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ

Next Post
स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ

स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist