ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चितवनबाट दुई अर्थशास्त्रीलाई पन्छाएका हरि ढकाल

गणेश कुमार यादव by गणेश कुमार यादव
November 24, 2022
in मुख्य समाचार
0
चितवनबाट दुई अर्थशास्त्रीलाई पन्छाएका हरि ढकाल
39
SHARES
Share on FacebookShare on Twitter

 चितवन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति गरेका हरि ढकालले कहिल्यै पनि सोचेका थिएनन् होला, एमाले नेता सुरेन्द्र पाण्डे विरुद्धमा निर्वाचन लड्छु र जित्छु भन्ने कुरा । न त पाण्डेले नै सोचेका थिए । तर राजनीतिमा यी सबै कुरा हुँदो रहेछ भन्ने दृष्टान्त बनेका छन् ढकाल र पाण्डे ।

२०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डेलाई जिताउन उनै ढकाल चुनावमा खट्ने गर्थे कार्यकर्ताका रुपमा । तर यसपटक उनी प्रतिस्पर्धीका रुपमा मात्रै आएनन् नतिजा नै आफ्नो हातमा पारे । २०४० सालमा जन्मिएका ३९ वर्षीय ढकालका लागि यो जित आफैंका लागि अपत्यारिलो छ । चितवनको राजनीतिमा जमेका सुरेन्द्र पाण्डेलाई तेस्रो जित निकाल्न रोकेका ढकालले सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पौडेललाई पहिलो जित निकाल्न पनि दिएनन् ।

निर्वाचनअघिसम्म सुरेन्द्र पाण्डेको विकल्प डा. विश्व हुन सक्ने तर हरि ढकाल हुन नसक्ने आँकलनलाई गलत सावित गरिदियो चितवन-१ को चुनावी नतिजाले ।

पाण्डे र पौडेल दुवै नेताले पूर्वी चितवनको विकासका लागि आफूहरुले काम गरेकाले जनताले यसपटक अनुमोदन गर्ने बताउँदै आएका थिए । आ-आफ्नो पहलमा विकास योजना र कार्यक्रम ल्याएको भनेर जनताका बीचमा लैजान दुवै नेता हरसम्भव प्रयास गरे पनि जनता त्यसमा कन्भिन्स भएको देखिएन ।

जनताले नयाँ अनुहार खोजे । र, त्यस्तो पात्रको रुपमा ढकाललाई जनमतसहित विश्वास सुम्पिए । ढकालको जितमा रवि लामिछानेको चितवन-२ को उम्मेदवारी प्रमुख कारण छ । लामिछानेले चितवन-२ बाट उम्मेवारी नदिएको भए ढकालका पक्षमा यतिको माहोल बन्न सक्ने थिएन ।

ढकाललाई मत दिनु भनेको रवि लामिछानेलाई मत दिनु हो भन्ने आमबुझाइ चितवन-१ मा पनि देखियो । ढकालले चुनाव नै जित्लान् भन्ने आँकलन भने गठबन्धनका उम्मेदवार डा. पौडेल र एमालेका सुरेन्द्र पाण्डेले गरेका थिएनन् । केही मत ढकालले काट्ने तर जित भने आफ्नै हुनेमा दुवै उम्मेदवार ढुक्क थिए । तर नपत्याउने खोलाले बगाउँछ भने जस्तै उनै ढकाल पाण्डे र पौडेलका लागि भारी परे ।

टिकौली जंगल पूर्व र मकवानपुरको सीमा क्षेत्र लोथर खोलाबाट पश्चिमसम्म ठूलो क्षेत्र चितवन निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । यहाँ सबैभन्दा धेरै ४१ वडा छन् । ठूलो भूगोल र धेरै मतदाता भएको ठाउँमा भरखरै राजनीतिमा आएको युवाले चुनाव जितेर एमालेलाई मात्रै चकित पारेका छैनन् पाँच दलीय गठबन्धनका उम्मेदवार डा. विश्व पौडेल पनि पनि अचम्मित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका हरि ढकाल ३४ हजार १८९ मत ल्याएर विजयी बने ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई ७ हजार ५८१ मतान्तरले ढकालले जित निकाले । पाण्डेले २६ हजार ६०८ र नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९९० ल्याएका थिए । राप्रपाका माधव भट्टराईले २ हजार ७४८ मत प्राप्त गरेका छन् ।

९५ हजार ४१ मत गणना भएकोमा ९१ हजार ४२० मत सदर र ३ हजार ६१२ मत बदर भयो ।

को हुन् ढकाल ?

पूर्वी चितवनको रत्ननगर-१५ पिठुवाका ढकालको पृष्ठभूमि एमाले हो । २०४० सालमा जन्मिएका उनी विद्यालय र शहीद स्मृति क्याम्पसमा पढ्दा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भए । उनी अनेरास्ववियु चितवनको सचिव समेत बने ।

टाँडीमा कपडा पसल चलाएका उनी त्यहाँ असफल भएपछि काठमाडौं गएर सेयर बजारमा लगानी गरे । ठमेलमा क्याफे सञ्चालन गरे, गार्मेन्ट व्यवसायमा पनि आकर्षित थिए । उनी राजनीति छाडेर आध्यात्मिक मार्गमा समेत लागे केही समय । विभिन्न योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहे ।

धेरैजसो काठमाडौं बस्ने ढकाल पेप्सीकोलामा बस्छन् । लामो कपाल पालेका ढकालले चुनावी अभियानका क्रममा मात्रै कपाल काटेका हुन् । लामो कपाल अनि दाह्री पालेर हिंड्ने ढकालको हक्की र विद्रोही व्यवहारकै कारण उनी बेलाबखत विवादमा समेत आउने पात्र हुन् ।

झण्डै १५ वर्ष जति सेयर कारोबारीका रूपमा सक्रिय भए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा लिएको नीति चित्त नबुझेका कारणले उनले एमाले छाडेको बताउँदै आएका छन् । सेयर कारोबारी ढकाल लगानीकर्ता दबाब समूहका अध्यक्ष समेत भए ।

गत स्थानीय तहको निर्वाचनमा ढकाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउने अभियानमा सक्रिय भएर लागे । त्यसपछि उनी आफू पनि राजनीतिमा आउने तयारीमा लागे । सुरुमा स्वतन्त्र उम्मेदवार भएर बालेनको चुनाव चिन्ह लौरो लिएर उठ्ने तयारीका साथ चितवन आएका ढकालको सम्पर्क राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भयो ।

उपयुक्त पात्रको खोजीमा रहेका लामिछानेले ढकाललाई उम्मेदवार बनाए । ढकालले मूलधार र अझै गठबन्धन समेत गरेर आएका दलहरुलाई पन्छाएर जित निकाले । दुई ठूला अर्थशास्त्रीहरुको मनमा घण्टी बजाउँदै ढकालले जित निकाल्न सफल भए । सुरेन्द्र पाण्डे र डा. विश्व पौडेलले गरेको पूर्वी चितवनको विकासमा ढकालले के कस्तो थप योगदान गर्न सक्छन् त्यो भविष्यले नै देखाउने छ । श्राेत : अनलाइनखबर

Previous Post

साढे २८ हजार मतअन्तरले ओली विजयी

Next Post

रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

Next Post
रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1631 shares
    Share 652 Tweet 408
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist