ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मोरक्कोले बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो

गणेश कुमार यादव by गणेश कुमार यादव
December 10, 2022
in खेलकुद
0
मोरक्कोले बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो
40
SHARES
Share on FacebookShare on Twitter
मंसिर२४ गते, काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ ।

अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० ले हरायो । यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको । इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ । त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्‍यो ।

मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे । उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका थिए ।

त्यसपछि पोर्चुगलले बराबरी गोल फर्काउन सबैखाले प्रयास गर्‍यो । तर सफल हुन सकेन । कप्तान क्रिस्टियानो रोनाल्डोलाई लगातार दोस्रो खेलमा बेन्चमा राख्दै पोर्चुगल मोरक्को विरुद्ध मैदान उत्रेको थियो । तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाए ।

यस्तै उनले भिटिन्हा, राफेल लियाओ र रिकार्डो होर्थालाई पनि दोस्रो हाफमा मैदान उतारे तर गोल भएन ।

अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमै खेल्दै कतार विश्वकपमा पहिलो ह्याट्रिक गरेका गोन्सालो रामोसले मोरक्को विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए । तर उनले गोल गर्न सकेनन् ।

इन्जुरी टाइममा मोरक्कोका अबोउखलाल जाकारियाले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

५१औं मिनेटमा रुबेन नेभेसको स्थानमा मैदान प्रवेश गर्दै ३७ वर्षीय रोनाल्डोले भने व्यक्तिगत उपलब्धी हासिल गरे । उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १९६ खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बराबरी गरे ।

कुवेतका बाडेर अल मुटावाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रोनाल्डोले बराबरी गरेका हुन् । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११८ गोल गरेका छन् ।

उनले जारी विश्वकपमा पहिलो खेलमा घाना विरुद्ध पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि गोल गर्न सकेनन् ।

जारी विश्वकपमा नाम चलेका खेलाडीहरु बाहिरिने क्रम जारी हुँदा अहिलेका पुस्ताका उत्कृष्ट मध्येका एक रोनाल्डोको विश्वकप यात्रा पनि क्वाटरफाइनलमा सकिएको छ ।
सम्भवत अन्तिम विश्वकप खेलेका रोनाल्डोले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् ।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने क्रममा अपराजित छ भने यस पटक डार्क हर्स बनेर उदाएको छ । समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो ।

श्राेत :अनलाइन खबर

Tags: विश्वकप
Previous Post

७४औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा र्याली तथा अन्तरकृया

Next Post

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

Next Post
रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1630 shares
    Share 652 Tweet 408
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist