ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

छोरी कुटेर बुहारी तर्साउने झै इनरुवामा एस ई ई परीक्षा

गणेश कुमार यादव by गणेश कुमार यादव
April 3, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
छोरी कुटेर बुहारी तर्साउने झै इनरुवामा एस ई ई परीक्षा
146
SHARES
Share on FacebookShare on Twitter

चैत २१ गते, इनरुवा । देशभर नै चैत १५ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यार्थीहरुले खुलेआम चिट चोरिरहेको गुनासो बाहिर आएको छ ।

परीक्षा दिन जाँदा बाहिर विद्यार्थीहरुको केही चेकजाच गरे जस्तो गरिन्छ तर पनि परीक्षा हलमा गेस पेपर, गाईड, मोबाइल भित्रिन्छ । कतिपय कार्यालय सहयोगीलाई केही रकम दिएर गेस पेपर,गाईड,मोबाइल भित्राउँछन् भने कतिपयलाई परीक्षामा खटिएका निरीक्षक(गार्ड)ले नै चिट चोर्न सहज बनाएको श्रोतले जनाएको छ । श्राेतका अनुसार कक्षामा भने विद्यार्थी एकआपसकाे ठाउँसमेत परिवर्तन गरि माेवाइलकाे सहयाेगमा परीक्षा दिरहेका छन् ।

इनरुवाका अधिकांश एसईईका सेन्टरमा परीक्षा कडाइकासाथ लिरहेको बाहिर देखाएको भएपनि भित्र भने खुलेयाम चिट चोर्ने र चोराउने गरेको पाइएको छ ।

श्रोतका अनुसार विद्यार्थीले मोवाईलमा प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीभाई, शिक्षक वा टियुुसन पढाउने शिक्षक लगायतका व्यक्तिलाई पठाउने र प्रश्नपत्र पाएपछि उत्तरको फोटो खिचिरे पुनः विद्यार्थीलाई पठाउने गरिएको देखिएको छ । परीक्षा सुरुहुनासाथ विद्यार्थी तथा शिक्षकहरु अनलाइनमा देखिन्छन् ।

परीक्षा हलमा रहेका गार्डले पनि विद्यार्थीलाई चिट चोर्न छुट दिरहेका हुन्छन् र बाहिरबाट कोही चेकजाच वा निरीक्षणमा आउन थालेको सूचना आएपछि केही कडाई गरेको जस्तो गर्ने र सतर्क गराउने गरेका छन् ।

उता सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवले एसईईमा बालबालिकालाई चिट चोर नबनाउ अपिल गर्नुभएको छ । यादवले परीक्षा बोर्डका निर्देशक, प्रदेश परीक्षा बोर्ड, प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति सुनसरीलाई समेत चिट चोर्ने कार्य बन्दका लागि जानकारीका लागि अनुरोध सहित इमेल लेख्नुभएको छ ।

यादवले परीक्षाको बाहिर अनुगमन र केन्द्रमा गरिएको अनुगमन, देखिएको दृष्य र प्रतिकृयाको आधारमा के पाइएको छ भने सदरमुकाम इनरुवा सहित धेरै परीक्षा केन्द्रमा परीक्षा बोर्डले भनेको भन्दा फरक र प्रतिबन्धीत ठूला मोवाईल र गाईड, पेस पेपर, नोटबुक निर्वाद रुपमा परीक्षा केन्द्रमा प्रयोग पाइएको जानकारी दिनुभयो ।

पढाउने बेलामा बास्ता नगर्ने शिक्षक र अभिभावक दुवैको दबाव , टियुसन पढाउने शिक्षक र केही नीजिका सञ्चालनको सेटिगंमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका २ को एक वटा परीक्षा केन्द्र र इनरुवा ९ कोे एक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षककै मिलोमतोमा गेटमा चेकजाच समेत नगरि निर्वाद रुपमा मोवाईल र गाईड गेस पेपर परीक्षा केन्द्रमा लगि चिटको रुपमा प्रयोग गरीरहेकोले उक्त परीक्षा केन्द्रमा उच्च स्तरीय अनुगमन गरि दोषीहरुलाई कार्वाही गरि परीक्षाको मर्यादा र गरिमा कायम राख्न अनुरोधका साथसम्बान्धीत निकायलाई ध्यानाकर्षण गरेका छन ।

परीक्षालाई मर्यादिन बनाउन नसक्दा शैक्षिक गुणस्तर कायम हुन नसक्ने भएकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षक, परीक्षार्थी समेतको केन्द्रमा प्रवेशका बेला शरिर खानतलासी गरि निर्वाद रुपमा चिट चोर्ने उदेश्यले मोवाईल र गाईड गेस पेपर परीक्षा केन्द्रमा लगिरहेको कार्यलाई निरुत्साहित गर्न आवश्यक छ ।

यसमा निगरानी बढाउन र बालबालिकाहरुलाई चिट चोरबाट जोगाउन अनुरोध गरेको छ । आजका बालबालिका भोलिका कर्णधार भएकाले सबै शिक्षक प्रअ, शिक्षक, निरीक्षक र अनुगमन कर्ताहरु बालबालिकाहरुलाई चिट चोर हुनबाट जोगाउन जरुरी छ ।

Previous Post

छिमेकीको गोली हानी हत्या गर्ने पक्राउ

Next Post

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू क्रमशः खुकुलो पार्दै लगिने

Next Post
सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू क्रमशः खुकुलो पार्दै लगिने

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू क्रमशः खुकुलो पार्दै लगिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1577 shares
    Share 631 Tweet 394
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist