काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच ७ बुँदे सहमति भएको छ । सहमतिअनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेनलाई भावी प्रधानमन्त्रीकाे उम्मेदवारकाे रुपमा अघि सारिएको छ ।
‘बृहत एकता’ सम्बन्धी सहमतिमा सभापति लामिछाने र शाहले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर पश्चात सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’
यस्ताे छ रवि र बालेनबिच ७ बुँदे सहमति




