ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

गणेश कुमार यादव by गणेश कुमार यादव
October 2, 2022
in खेलकुद
0
‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई
38
SHARES
Share on FacebookShare on Twitter

असोज १६ गते, कपिलवस्तु । कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् ।

शनिबार भएको प्रतियोगितामा उहाँले १२।३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । १५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए ।

प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए।

दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा छ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए । छ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए ।

जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुसी देखिन्थे ।

प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो ।

प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए । प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो । श्रोत : अनलाइनखबर

Tags: प्रतियोगितासाइकलसाइकल प्लाङक ब्यालेन्स
Previous Post

गौरीके ललनमा यौ (भिडियो) सहित

Next Post

इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

Next Post
इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist