ADVERTISEMENT
Friday, May 1, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हलमा नेपाली फिल्मको दबदबा, ‘लाइगर’मा छैनन् दर्शक

गणेश कुमार यादव by गणेश कुमार यादव
September 5, 2022
in कला
0
हलमा नेपाली फिल्मको दबदबा, ‘लाइगर’मा छैनन् दर्शक
39
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : यतिवेला हलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत छन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ तथा भदौ १० देखि प्रदर्शनमा आएको ‘प्रकाश’ प्रदर्शनरत नेपाली फिल्म हुन्।

लामो समयपछि हलमा एकसाथ 3 फिल्म प्रदर्शन हुँदा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बरु ठूलो बजेटमा बनेको भारतीय फिल्म ‘लाइगर’मा भने दर्शकको कमी देखिएको छ। ५० प्रतिशतभन्दा बढी शोका साथ प्रदर्शन थालेको फिल्म दोस्रो हप्तासम्म आइपुग्दा १० देखि २० प्रतिशत शोमा खुम्चिएको छ भने केही हलबाट फिल्म उत्रिसकेको छ।

अधिकांश हलमा समान शोका साथ प्रदर्शन भइरहेका ‘झिँगे दाउ’, ‘सम्हालिन्छ कहिले मन’ र ‘प्रकाश’मा दर्शक पनि समान देखिएको छ। पारिवारिक फिल्म भएकाले ‘झिँगे दाउ’मा वृद्धवृद्धाको उस्थिति पनि उल्लेख्य देखिएको छ। फिल्मले देशभरिका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्हालिन्छ कहिले मन’मा कलेज पढ्ने विद्यार्थीको उपस्थिति धेरै देखिएको छ।

दोस्रो हप्तामा प्रदर्शनरत ‘प्रकाश’मा दर्शकको संख्या स्थिर देखिएको छ। पहिलो हप्ता ‘लाइगर’का कारण कम शो पाएको ‘प्रकाश’ले दोस्रो हप्ताको पहिलो दिन नै दुई नयाँ प्रतिस्पर्धी पाएको थियो। तर यसको शोमा तथा दर्शकको उपस्थितिमा कमी भने आएन।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगे दाउ’ भीमनिधि तिवारीको कथामा आधारित फिल्म हो। विसं २०२५ आसपासको समय परिवेश देखाउन खोजिएको फिल्ममा एकल आमाले हुर्काएका छोराहरू ठूला भएर विवाह भइसकेपछि बदलिएको स्वभाव, परिवारभित्रको किचलोका बारेमा देखाइएको छ। फिल्ममा हिउँबाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्टको मुख्य भूमिका रहेको छ।

सुगम पोखरेलको गीतबाट नाम सापटी लिइएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेनुनाथ योगी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा शिक्षक बन्ने सपना देखेको  निम्नवर्गीय परिवारमा जन्मेको युवकको कथा रहेको छ।

आगामी शुक्रबार ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बेनिथ द ब्रेवरी’ गरी दुई नेपाली फिल्म र एउटा हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शनमा आउँदैछन्।

 

Tags: छैनन् दर्शकनेपालीनेपाली फिल्मनेपाली फिल्मको दबदबाफिल्म
Previous Post

तीन करोड तीस लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

Next Post

नेबिसंघको पहलमा सप्तकोशी बहुमुखी क्याम्पसका १६ विद्यार्थीलाई छात्रवृत्ति

Next Post
नेबिसंघको पहलमा सप्तकोशी बहुमुखी क्याम्पसका १६ विद्यार्थीलाई छात्रवृत्ति

नेबिसंघको पहलमा सप्तकोशी बहुमुखी क्याम्पसका १६ विद्यार्थीलाई छात्रवृत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1676 shares
    Share 670 Tweet 419
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist