Thursday, November 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लोकतान्त्रिक संस्कृति र हाम्रा व्यवहारहरु

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2022
in लेख/बिचार
0
लोकतान्त्रिक संस्कृति र हाम्रा व्यवहारहरु
38
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

देशको राजनीतिक उद्देश्य प्राप्तिका लागि नागरिकले राजनीतिक दलको निर्माण गरेका हुन् । राजनीतिक दलहरूले आफ्नो राजनीतिक दर्शन,विचारधारा र कार्यक्रम र आफूले प्रतिनिधित्व गर्ने वर्गको उद्देश्यहरू पूरा गर्न राजनीतिक प्रतिस्पर्धा गर्दछन् । राजनीतिक दलहरूको मूल काम मत र विचारको सङ्ग्रह गर्ने,वैकल्पिक नीतिहरू प्रस्तुत गर्ने र राजनीतिक नियुक्ति गर्ने हो । यसका लागि राजनीतिक दलहरू स्वयंमा आन्तरिक लोकतान्त्रिक अभ्यास कति सफल छ,कति पारदर्शी र उत्तरदायी छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ ।

हरेक राजनीतिक दलले आफ्नो सङ्गठनात्मक व्यवस्थापन,निर्वाचन प्रणाली र पार्टी संरचना,आर्थिक स्रोत तथा व्यवस्थापन,राज्य निकायमा पार्टीको प्रतिनिधित्वको व्यवस्थापन र पार्टी र संसदीय दलबीचको सम्बन्धलाई कसरी परिभाषित,परिचालित तथा व्यावहारिक रूपमा प्रयोग गरेको छ भन्ने कुराले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको विद्यमान अवस्था कस्तो छ भन्ने कुराको निर्क्यौल हुन्छ । जनता आफैँले बनाएको संविधानको अधीन रही राज्य सञ्चालन,अधिकारको संरक्षण र उपभोग गर्ने,समस्याहरूको समाधान गर्ने,सहमति वा विरोध गर्ने,अर्थतन्त्र सञ्चालन गर्न पाउने व्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्र असलमा जनताको शासन हो ।

लोकतन्त्रमा जनता नै केन्द्रविन्दु हुने भएकाले जनताले यसमा अपनत्व र स्वामित्व प्राप्त गर्दछन् । लोकतन्त्रका आधारभूत मूल्य मान्यता सार्वभौमसत्ता सम्पन्न जनता,कानुनको शासन,संविधानको सर्वोच्चता,आवधिक निर्वाचन,मानव अधिकारको परिपालना,स्वतन्त्र प्रेस,सुशासन र नागरिक समाजको अस्तित्व पर्दछन् । विभिन्न जाति,वर्ग,धर्म,लिङ्ग र क्षेत्रका जनताको प्रतिनिधित्व र राज्यको स्रोतमा पहुँच स्थापित गर्ने काम लोकतान्त्रिक शासन प्रणालीले अङ्गीकार गर्दछ ।

दलहरूले सच्याउनुपर्ने व्यवहारहरु

लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अभ्यासहरू निकै कम छन् । परिवर्तन वा रुपान्तरणका लागि व्यक्ति स्वयं तयार छ कि छैन ?एकअर्काप्रतिको आदर सम्मान,पारस्परिक सहयोगको आदान प्रदान,सकारात्मक सोच,समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता,नागरिक तथा अन्य सरोकार वालाहरूसँगको नियमित अन्तक्र्रिया,प्राप्त सुझावहरूको ग्रहण गर्ने क्षमताको विकास,अर्थपूर्ण सहभागिताको अवसरहरूको सिर्जना,सँगसँगै काम गर्ने,सामूहिक निर्णयप्रतिको विश्वास साझा सवालहरूप्रति संवेदनशीलता,सबैखाले विचारका बीचमा साझा विचारहरूको निर्माण र कार्यान्वयन,समर्थकहरूको संरक्षण,सह–जिम्मेवारीको पालना,सक्रिय योगदान र अरूको योगदानहरूको कदर जस्ता कामहरू लोकतान्त्रिक संस्कृतिभित्र पर्दछन् ।

आफ्नो जिम्मेवारी र भूमिकाप्रति सधैँ सजग बन्ने र गरेका कामहरूको उत्तरदायित्व लिने सवाल लोकतान्त्रिक संस्कृतिभित्रै पर्छ । बोल्दा,हिँड्दा,खाँदा वा अन्य राजनीतिक क्रियाकलापमा सहभागी भइरहँदा अरूप्रतिको दृष्टिलाई सकारात्मक बनाउने र सहयोगी भावनाको विकासले लोकतान्त्रिक संस्कृतिलाई मलजल गर्ने गर्दछ । बहुलता नेपाली समाजले अङ्गीकार गरेको विचार हो,बहुलता भएकै कारणले भिन्न राजनीतिक दल अस्तित्वमा आएका हुन् भन्ने कुरालाई बिर्सनु हुँदैन ।

कुनै पनि व्यक्तिले लिएको विचार,सिद्धान्त र व्यवहार लोकतान्त्रिक छ कि छैन भन्ने कुराको प्रतिविम्बन व्यक्ति सङ्गठित रहेको सङ्गठनभित्र पर्ने गर्दछ । व्यक्तिका आचरण र व्यवहारहरू लोकतान्त्रिक छन् कि छैनन् भन्ने सवाल स्वाभाविक रूपमा व्यक्तिको नैतिकता,इमानदारिता,सहयोगी व्यवहारमा प्रतिविम्बन हुन्छन् । व्यक्तिले बोक्ने मूल्य मान्यता,उसको पारिवारिक संस्कार र सामाजिक वातावरणले लोकतान्त्रिक व्यवहारलाई नियमित वा अनियमित बनाउन भूमिका खेल्ने गर्दछ । बहुलवादी खुला समाजमा एउटा राजनीतिज्ञको जीवन सधैँ खुला किताबजस्तै हुनुपर्दछ ।

सिक्ने अभिरुचि,आफूलाई कस्तो ठान्ने ?एउटा शिक्षक वा विद्यार्थी ?ठूलो वा सामान्य ?अरूका लागि सिक्ने अवसरहरूको सिर्जना वा निर्देशनको पालना गराउने प्रयत्न ?नेतृत्व विकासको प्रयत्न वा कार्यालयको हाकिमजस्तै आफूलाई जान्ने अरू नजान्ने ठान्ने ?गल्तीको स्वीकारोक्ति वा दोषारोपण ?सकारात्मक सोच र चिन्तन वा सधैँ खराब देख्ने नकारात्मकता ?वर्गीय प्रेम वा घृणा ?आज्ञाकारिता वा सिर्जनशीलता ?जस्ता अवयवहरूले व्यक्तिको लोकतान्त्रिक  व्यवहारलाई निर्दिष्ट गर्ने गर्दछ । समानता वा असमानता ? विभेद वा सामाजिक न्याय ?आफ्ना लागि वा अरूका लागि ?सेवा वा ब्यापार ?जस्ता विचारहरूले व्यक्तिलाई कता डोर्याउने  बाटो तय गर्दछ । आफ्नै जिद्दी वा अरूको देखेको बाटो पनि ठीक हो कि ?भनेर विश्लेषण गर्ने,कडा भएर अघि जाने वा लचिलो बन्ने ?जस्ता अभ्यासले व्यक्तिका व्यवहारलाई लोकतान्त्रिक बनाउन योगदान गर्दछ ।

शक्तिको केन्द्रीकरण वा विकेन्द्रीकरण ?राज्य संयन्त्रहरूका बीचमा सन्तुलन नियन्त्रण वा मनपरी परिचालन ?सार्वजनिक स्रोतमाथि नागरिक नियन्त्रण वा राज्यको ?सुशासन स्थापना वा बेथितिहरू ?आधारभूत मानव अधिकारहरूको सुनिश्चितता वा उल्लङ्घन ?राज्यका संयन्त्रहरूमाथिको विश्वास वा अविश्वास ?द्वन्द्व व्यवस्थापन वा सिर्जना ?राज्य संयन्त्र र नागरिक सङ्गठनहरूबीचको असल सम्बन्ध निर्माण वा टकराब ?सूचना प्रविधिमाथिको पहुँच सुनिश्चित वा नियन्त्रण ?राज्यका दायित्वहरूको परिपालना वा बेवास्ता ?नागरिक अधिकार र कर्तव्यबीचको सन्तुलन वा ठेगान लगाउने प्रवृत्ति ?जस्ता व्यवहारबाट लोकतान्त्रिक जवाफदेहिता कस्तो भन्ने निक्र्यौल गर्न सकिन्छ ।

शासन प्रणालीलाई कसरी जवाफदेही बनाउने ?

शासन प्रणालीलाई संस्थागत विकास गर्नका लागि राजनीतिक दलहरू तयार नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम हुन सक्दैन । इतिहासको ब्याज खाने प्रचलनविरुद्ध व्यापक समीक्षा गर्दै मुलुकका नागरिकको जीवन सहजताका लागि आधुनिक युगका सचेत नागरिकहरूको आजको आवश्यकतामा आधारित भएर अघि बढ्नका लागि राजनीतिक दलहरू तयार नभएसम्म,राजनीतिलाई पेसाबाट सेवा क्षेत्रमा अघि नबढाएसम्म राजनीतिक स्थिरता नारा त बन्न सक्छ तर व्यावहारिक रूपमा नागरिकहरूको विश्वास आर्जन गर्न सकिँदैन ।

राजनीतिक प्रणाली र शासन प्रणालीबीचको तादम्यता कस्तो ?नागरिक सहभागिताका लागि स्पेस कति ?आलोचनाहरू सुन्ने र सच्याउने अभ्यास कस्तो ?स्वतन्त्र न्यायपालिकाको स्थापना र सञ्चालनको अवस्था कस्तो ?नागरिक जीवनका हरेक अप्ठ्यारालाई सम्बोधन गर्ने नीति कार्यक्रम वा अन्य ?संविधान,ऐन कानुनको परिपालना वा उल्लङ्घन ?नागरिकका आवाजको तत्काल सम्बोधन वा दबाउने अभ्यास कस्तो ?भन्ने सवालले नै लोकतान्त्रिक जवाफदेहिताको मापन गर्ने हो ।

राज्य नागरिकहरूको अभिभावक बन्ने वा राज्यप्रति नागरिक डराउने स्थिति पैदा गर्ने ?नागरिक जीवन सहज बनाउने वा थप अन्योल सिर्जना गर्ने ?राज्यका सेवा सुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्ने वा झन्झटिला कार्यप्रक्रियाका कारण कष्टपूर्ण बनाउने ?नागरिकहरूको करको सदुपयोग गर्ने वा दुरुपयोग ?निर्णय प्रक्रियालाई खुला र पारदर्शी बनाउने वा गुपचुप काम गर्ने ?आवश्यकतामा आधारमा स्रोतको न्यायोचित बाँडफाँट गर्ने वा भागबण्डा ?भन्ने व्यवहारहरूबाट लोकतान्त्रिक जवाफदेहिताको अवस्था देखा पर्ने हो ।

लोकतान्त्रिक राज्य प्रणाली स्थापनाको पहिलो सर्त हो– राजनीतिक दलहरूद्वारा लोकतान्त्रिक प्रणालीको अवलम्बन । दलहरूमा आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ?लोकतान्त्रिक अभ्यास कति घनीभूत छन् ?दलका हरेक संरचनाको निर्माण र परिचालनको प्रणाली लोकतान्त्रिक छ कि एउटा व्यक्तिको निर्णयका आधारमा सबै चल्छ ?

दलहरूका सबै संरचनाको वैधानिक व्यवस्थाको परिपालना भइरहेको छ कि छैन ?तोकिएको समयमा नेताहरू कार्यकर्ताबाट अनुमोदित हुन्छन् कि हुँदैनन् ?तोकिएका अनुशासनको परिपालना गरिन्छ कि गरिँदैन । नेतृत्व परिवर्तनको प्रणाली कस्तो छ ?एउटा व्यक्ति सधैँभरि नेता बनिरहन्छ कि परिवर्तन गरिन्छ ?नेतृत्व परिवर्तनको योजना बन्ने र कार्यान्वयन हुने अवस्था कस्तो छ ?पार्टी र राजकीय निकायबीचका भिन्नताबारे सबैले बुझ्छन कि बुझ्दैनन् ?निर्वाचित व्यक्ति सबै नागरिकको अभिभावक बन्ने अभ्यास कस्तो छ ?भन्ने सवालले नै लोतान्त्रिक राज्य प्रणाली कस्तो छ भन्ने देखिन्छ ।

निर्वाचनको घोषणापत्र निर्माण,प्रचार प्रसार,प्रशिक्षण तथा आम सभामा बोल्ने वक्ताहरूले आफ्नो पार्टीको नीति,कार्यक्रम तथा योजनाहरू नागरिकहरूलाई बताउने,आगामी पाँच वर्ष पार्टीले महिला,बालबालिकाहरूका लागि के गर्छ ?ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि के गर्छ ?उद्योग नीति के हुन्छ ?शिक्षा नीति कस्तो हुन्छ ?स्वास्थ्य नीति कस्तो हुन्छ ?रोजगार नीति कस्तो हुन्छ ?भूमि नीति कस्तो हुन्छ ?जस्ता कुराले मात्रै नागरिकबीचमा राख्ने र एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्ने संस्कृतिको मात्रै अन्त्य गर्न सक्यौ भने मुलुकमा नयाँ राजनीतिक अभ्यासको थालनी हुनेछ ।

आवधिक निर्वाचन,कानुनी शासनको प्रत्याभूति,सुशासित र जवाफदेही सरकार सञ्चालन,राज्यका संरचनाहरूबीचको समन्वय र सहकार्यको अवस्था,नागरिकहरूलाई सहज सेवा प्रवाहको सहज प्रणाली,सीमान्तीकृत र छेउ पारिएका समुदायका मानिसका लागि सामाजिक न्यायको प्रत्याभूतिको प्रणाली,निर्णय प्रक्रियाहरूमा नागरिक सहभागिता,लोककल्याणकारी राज्यभित्र विभेदजन्य व्यवहारको निषेधीकरण,दण्डहीनताको अन्त्य र आधारभूत मानव अधिकारहरूको सुनिश्चितताजस्ता सवालहरूको सम्बोधनले राज्यप्रणालीलाई लोकतान्त्रिक बनाउन योगदान गर्दछ ।

निष्कर्ष 

लोकतन्त्रका लागि नेपाली नागरिकहरूको सङ्गठित,असङ्गठित प्रयास र प्रयत्न बलिदानीपूर्ण रहेको छ । नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो सङ्घर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आम नागरिकहरू तयार गर्ने,प्रशिक्षित गर्ने र राजनीतिक दलहरूको झन्डामुनि गोलबद्ध गर्ने काम अत्यन्त मिहिनेतका साथ गर्दै आइरहेका छन् तर परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आम जनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि चुकिरहेका छन् ।

बारम्बार किन यस्तो भइरहेको छ भन्ने प्रश्नको जवाफ खोज्ने,आत्म समीक्षा गर्ने र विगतबाट पाठ सिक्ने प्रवृत्ति वा अभ्यासको अहिले पनि खडेरी नै छ । जबसम्म हामी परिवर्तनलाई संस्थागत गर्ने र नेपालमा रहेको स्रोतसाधनको न्यायोचित वितरणको प्रक्रियालाई सबलीकरण गर्न सक्दैनौँ,देश र नागरिक जीवनलाई केन्द्रमा राख्न सक्दैनौँ वा सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि हमला गर्न सक्दैनौँ,तबसम्म हाम्रो लोकतन्त्र सधँै कमजोर र आलोचनामुक्त रहन सक्दैन ।

लोकतन्त्रलाई संस्कार,संस्कृतिका रूपमा ग्रहण गर्ने,हाम्रा दैनिक व्यवहारलाई लोकतान्त्रिक र जवाफदेही बनाउन तथा नागरिकहरूको जीवनलाई सहज बनाउने कार्यक्रम र योजनाहरूलाई कार्यान्वयनको तहमा लैजान सक्दैनौ । जबसम्म नेपालका राजनीतिक दलहरूभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौँ तबसम्म व्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन प्रवृत्तिमाथि हमला बोल्न सक्दैनौँ । नागरिक आवाजहरूलाई सुन्ने र प्राप्त भएका नागरिकका आवाजलाई जबसम्म तत्काल सम्बोधन गर्ने प्रणाली स्थापित गर्न सक्दैनौँ तबसम्म हाम्रो लोकतन्त्रमाथिको कालो बादल निरन्तर रूपमा लागिरहने छ ।

राजनीतिक दल तथा राजकीय सत्ताभित्रको भिन्नतालाई स्वीकार गर्ने,निर्वाचित भएपछि पार्टी नेता कार्यकर्ताभन्दा माथि उठेर आम जनताको प्रतिनिधि ठान्ने र सबै विचार,दर्शन र संरचनाको नेता बन्ने क्षमताको विकास आजको आवश्यकता हो । एक जनप्रतिनिधि तथा नेताको जीवन सधैँ खुला र सार्वजनिक जीवन हो भन्ने कुराको बोध गर्ने र आम नागरिकहरूले तिरेको करको हिसाब नागरिककै समृद्धिका लागि खर्च गर्ने प्रणाली स्थापना गरी नागरिकप्रति जवाफदेही र उत्तरदायी सरकार,प्रशासन तयार नभएसम्म हामीले जति लोकतन्त्रको गीत गाए पनि आम नागरिक जीवनमा परिवर्तनको कल्पना गर्न सकिँदैन भन्ने बोध सबैमा आउनु जरुरी छ । राजनीतिक दलहरूमा विभाजन,बेमेल र विभाजनका शृङ्खलाहरूको समुल नष्ट नभएसम्म नेपालको लोकतन्त्र दिगो हुँदैन । अहिले स्वतन्त्रका नाममा जेजस्ता क्रियाहरू भइरहेका छन् ती क्रियाकलापले पनि लोकतन्त्रलाई कमजोर बनाउने र अराजकता सिजना गर्ने  काम नै गर्नेछ । विचारविहीनता,दलविहीनता र पार्टीको सन्तुलन र नियन्त्रणबिना लोकतन्त्र बलियो हुनै सक्दैन । विचार,दर्शन र वैकल्पिक कार्यक्रमले नै लोकतन्त्रलाई बलियो र सुन्दर बनाउने हो । त्यसकारण लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प स्वतन्त्र हुनै सक्दैन,दलको विकल्प दलहरू नै हुन् । राजनीतिक दलहरूले निरन्तर रूपमा आफूलाई सच्याउँदै जाने कुरामा ध्यान दिनु जरुरी छ ।

लेखक भण्डारी सामाजिक अभियन्ता हुन् ।

श्रोत : रातोपाटी डट कम

 

Tags: राज्य संयन्त्रसंस्कृतिहाम्रा व्यवहारहरु
Previous Post

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित

Next Post

कांग्रेस, लोसपा ,जनमत पार्टी परित्याग गरी करिब सात सय कार्यकर्ता जसपामा प्रवेश

Next Post
कांग्रेस, लोसपा ,जनमत पार्टी परित्याग गरी करिब सात सय कार्यकर्ता जसपामा प्रवेश

कांग्रेस, लोसपा ,जनमत पार्टी परित्याग गरी करिब सात सय कार्यकर्ता जसपामा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist