ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव स् दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी

गणेश कुमार यादव by गणेश कुमार यादव
September 5, 2022
in कला
0
बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव स् दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराइरहेको बलिउड फिल्म उद्योग यतिबेला निकै संकटपूर्ण अवस्थामा छ । दक्षिण भारतीय फिल्मप्रति दर्शकको बढ्दो झुकाव र त्यहाँका फिल्मको भव्यताले सबैलाई प्रभावित बनाएको छ ।

बलिउडको यो हालत यसअघि कहिल्यै नदेखिएको जानकारहरु बताउँछन् । सोसल मिडियामा बलिउडका हर फिल्मलाई लिएर भइरहेको बहिष्कार अभियान र लगातार फ्लप भइरहेका फिल्मको सूचीले अहिले सोचमग्न बनाएको छ ।

बलिउडका ठूला स्टारहरुका फिल्म पनि बक्स अफिसमा कमजोर सावित भइरहेका छन् । केही साताअघि रिलिज भएका आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षयकुमारको ‘रक्षाबन्धन’, रणवीर कपुरको ‘शमशेरा’ असफल फिल्मको सूचीमा चढे, जबकि यी फिल्म दर्शकका लागि प्रतीक्षित मानिएका थिए ।

पछिल्ला दिनमा बलिउडमाथि संकट कसरी पार लगाउने भन्ने विषयमा बहस भइरहेका छन् । विभिन्न माध्यमबाट बलिउडसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो धारणा राखिरहेका छन् । यसैबीच, अभिनेता सुनिल सेट्टीले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले एक भिडियो सन्देश जारी गर्दै बलिउड फिल्म र फिल्म निर्माणका विषयमा खुलेर कुरा गरेका छन् । ‘हामीले धेरै सबै चीज गरिरहेका छौं, तर हामीले खास कुरा पहिचान गर्नै सकेका छैनौं,’ उनले भनेका छन् ।

अहिले बलिउडले दर्शकको स्वादलाई पहिचान गर्न नसकेको उनको ठम्याइ छ । ‘आज हामीलाई आइडिया नै भइरहेको छैन कि आखिर के भइरहेको छ भनेर । सायद हाम्रो फिल्मको विषयवस्तु नै पो गलत छ कि रु’ उनले भनेका छन्, ‘हाम्रो अप्रोच नै गलत छ, एकपटक दोहोर्‍याएर हेर्न जरुरी छ कि दर्शक के चाहन्छन्, न कि हामी ।’

कुनैबेला स्टार अभिनेता सुनिल सेट्टी चाँडै नै ओटीटीमा पनि डेब्यु गर्दैछन् । उनी एमएक्स प्लेयरको सिरिज ‘धारावी बैंक’मा थलाइवाको भूमिकामा देखिंदैछन् । साथै सुनिल हिट कमेडी फिल्म ‘हेरा फेरी’को तेस्रो सिक्वेलमा पनि काम गर्दैछन् । फिल्मका उनका साथमा अक्षयकुमार र परेश रावल पनि मुख्य भूमिकामा रहनेछन् । श्रोत ः अनलाइनखबर

Tags: कमेडीफिल्मबलिउडसंकटसुनिल हिट कमेडी
Previous Post

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

Next Post

प्रदीप गिरि स्वर्गमा पुगेपछि…..

Next Post
प्रदीप गिरि स्वर्गमा पुगेपछि…..

प्रदीप गिरि स्वर्गमा पुगेपछि.....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist