फागुन २३ गते,इनरुवा । सुनसरीको इनरुवामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वन्धुत्वको भवनालाई प्रगाढ बनाउने उदेश्यका साथ जेसीस इनरुवाले होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव कोइराला शुभकामना मन्तव्य राख्दै होली पर्व एउटा ऐतिहासिक पर्व भएकाले पहिचान र परिचय समेत बोकेको होलीको संरक्षण संवर्द्धन गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उनले होली पर्वले एक अर्कामा सामाजिक सद्भाव कायम गर्ने बताउनु भयो ।
त्यसैगरि इनरुवा नगरपालिकाका जनस्थास्थ्य प्रमुख निखिल पोखरेलले पहिलाको होली र अहिले को होलीमा केही बिक्रीती फैलीएको जस्तो बताउनुभयो । उनले पहिला बाबाजेहरुले गाउँमा सबै जना मिलेर जोगिरा गाउँने सबैजनालाई एक ठाउँमा जोडेर शुभकामना आदान प्रदान गर्ने गरेको तर अहिले सबैजना मोवाईलमै शुभकामना दिने र बाबाजेले संरक्षण गरेको जोगिरा गान समेत लोपउन्मुख अवस्थामा पुगेको बताउनु भयो ।
जेसीस इनरुवाका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य संघ इनरुवाका वर्तमान अध्यक्ष बिरेन्द्र साहले रङ्गको पावन पर्व होलीको सम्पुर्णमा हार्दिक शुभकामना सहित सभ्य तथा भब्य रुपमा मनाउन आग्रह समेत गरेका थिए । उक्त रार्यक्रममा बाल्दै साहले असत्यमाथि सत्यको बिजय भएको उपल्क्षयमा यो होलि पर्व मनाउदैँ आईरहेको बताउनु भायो ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो । उनका अनुसार, धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरुको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ । होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरु जस्तो ब्रत लिने, शुद्ध चोखो खानेजस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्नेजस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय पर्व बन्न पुगेको ुाहले बताउनुभयो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी,उपमेयर बिनिता कुमारी मेहता,जिल्ला समन्वय समिती सुनसरीका सभापति राजनमेहता,उद्योग वाणिज्य संघ एनरुवाका अध्यक्ष बिरेन्द्र साह लयागत जेसीस इनरुवाका पदाधिकारी तथा पूर्व अध्यक्षहारुकोको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम जेसीस इनरुवा बर्ष२०२३ का अध्यक्ष खेमराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने जेसीज इनरुवाका महासचिवमा बिकेश मेहताले कार्यक्रम संचालन गरेका थिए ।