कार्तिक १७ गते,इनरुवा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला प्रदेश २ (ख) सभासदका प्रत्यासी उम्मेदवार राजीव कोइराला आज दिनभर घरदैलो लगायतका कार्यक्रममा व्यस्त देखिन्थे । निर्वाचन आयोगले प्रचार प्रसार लगायतका कार्यक्रमहरु गर्न विहिबारदेखि खुल्ला गरेपछि कोइराला घरदैलो लगायतका कार्यक्रममा खुलेर हिंडेका हुन ।सुनसरी जिल्लामा नै राम्रो छवि बनाउन सफल कोइरालालाई साथदिन उल्लेख्य रुपमा जनसहभागिता रहेको थियो । विहीबार कोइराला आफ्नो क्षेत्रअन्तर्गत पर्ने रामधुनी न.पा. वडा नं. १ को घरदैलोमा व्यस्त थिए । अघिल्लो पाँच वर्षे कार्यकालमा कसैसँग पनि नबिझाएका कोइरालालाई स्थानीय रामधुनी बासीहरुले खादा, फुलमाला र अबीरले आ–आफ्नो घरमा स्वागत गरेका थिए । निश्कलंक कोइरालाका लागि पार्टी नभनी भोट हाल्ने उनको स्वागतमा अविरमाला लिएर घरघरमा बसेका स्थानीयले बताएका थिए ।
हजारौंको जनसहभागिता रहेको उक्त घरदैलो कार्यक्रममा सो वडाका वडाध्यक्ष महेश चौधरी, रामधुनी न.पा. कांग्रेस कमिटीका सदस्यहरु, पूर्व प्रदेश सांसद नवोदिता चोधरीलगायतले प्रदेश (ख) का प्रत्यासी सांसद कोइरालालाई वडा घुमाउन सहयोग गरेका थिए ।सो घरदैलो कार्यक्रममा स्थानीयबासीको सरोकारका विषयमा कोइरालाले नीति निर्माण, विकास निर्माण लगायतका कार्यमा आपूmले पूर्ण प्राथमिकता दिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताउँदै अब कार्यकर्तामाझ मात्र होइन प्रत्यक्ष रुपमा स्थानीयबासीसँग समन्वय गरेर अगाडि बढने बताएका थिए । कोइरालालाई भावी मुख्यमन्त्रीको रुपमा समेत हेरिंदै आएको छ ।