गनेश कुमार यादव। मङ्सिर २६ गते,इनरुवा। सुनसरीका किसानले आफ्नै उत्पादन गरेको तरकारी विक्रिमा प्रहरी प्रशासन र भन्सारले दुख दिएको भन्दै व्यापारी तथा किसान संगै सवारीचालक आन्दोलनमा उत्रेकाे छ । सुनसरीकाे इनरुवा नगरपालिका वडा नं-४ स्थित रहेको रामजानकी थोक बजारबाट विक्रि गरेको र बाहिर जिल्लामा लाने क्रममा प्रहरी र भन्सारले दुख दिएको भन्दै व्यापारी तथा किसानसंगै सवारीचालक आन्दोलनमा उत्रेकाे हाे । एक जिल्लाबाट अर्को जिल्ला लानका लागि अनलाईन बिलको खोजी गरेर किसान र व्यवपारी दुवैलाई प्रहरी र भन्सारले तरकारी जफत गर्ने गरि दुख दिएको भन्दै आन्दोलनमा उत्रेको सवारी चालक दिलिप साहले बताए।
स्थानीय थोक व्यपारी श्रवण यादवले आफूहरुले इनरुवामा खरिद गरेको तरकारी जिल्ला बाहिर लान लाग्दा प्रहरीले अनावश्यक दुःख दिएको तर भारतबाट खुलेआम भन्सार छली गरेर लणयाएकाे तरकारी सजिलै बिक्रीवितरण भैरहेकाे बताए ।
यादवले थोक बजारले नै अनलाईन बिल नदिएकाले आफूहरुले उक्त विल दिन नसक्दा पैसा तिरेर किसानको तरकारी किन्दा समेत तरकारी जफत गरि दु:ख दिएकोले व्यपारी तथा किसानसंगै सवारिचालक आन्दोलनमा उत्रेको बताए ।
त्यस्तै किसानका समस्याका बारेमा प्रदेश १ का निर्वाचित प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले किसानलाई कुनै पनि असहज हुन नदिने बताएका छन् । मंसुरीले तरकारी उत्पादक किसानले कुनै अनलाइन बिल दिनु नपर्ने तर अर्को जिल्लामा तरकारी लानको लागि केही कागजी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले सम्बन्धीत निकायलाई सहजिकरणका लागि आग्रह गरेको बताएका हुन् ।
उनले आफ्नो पहलमा तीन दिन भित्रमा किसानका समस्या समाधान हुने गरि प्रयास थालेको बताए । मन्सुरीले आफ्नै बारीमा मलखाद र सिचाईको अभावमा जेनतेन उत्पादन गरेको जनाव वा तरकारी विक्रि तथा ओसारपसारमा कुनै पनि अवरोध मान्य नहुने बताए ।