Tuesday, December 5, 2023
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

गणेश कुमार यादव by गणेश कुमार यादव
December 18, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
अन्तर्राष्ट्रिय आप्रवासी  कामदार दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम
43
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव।पाैष ३ गते, इनरुवा। सुनसरीको इनरुवामा अन्तर्राष्ट्रिय आप्रवासी  कामदार दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

आइतबार इनरुवा नगरपालिकाकाे सभा हलमा सुरक्षित आप्रवासन परियाेजनाकाे आयाेजनामा अन्तरक्रिया तथा बैदेशिक राेजगारिबाट फर्केर नेपालमै बैदेशिक राेजगारकाे क्रममा सिकेका सिपकाे सदुपयाेग गर्दै काम गरिरहेका ५ जनालाई सम्मान गरिएकाे हाे ।

इनरुवा,धरान,भा्क्राहा नरसिंह गाउँपालिकाका पाँच जनाले बैदेशिक राेजगारकाे क्रममा सिकेका सिपकाे सदुपयाेग गर्दै काम गरिरहेकाेले थप हाैसला प्रदान गर्ने र अन्य बैदेशिक राेजगारमा रहेका नेपालिहरुले पनि आफ्नै देसमा बिदेशमा सिकेका सिपहरुकाे प्रयाेग गरि आफ्नै देशमा राेजगारी सृजना गर्ने उदेश्यले उनिहरुलाइ सम्मान गरेकाे सुरक्षित आप्रवासन परियाेजनाका संयाेजक धिरज भट्टराईले जानकारी दिए ।

धरानकी ममता मोते, इनरुवाका मुन्ना गुप्ता,दिलिपकुमार पण्डित, अशोक कुँवर, भोक्राहा नरसिंहका बेचन यादवलाई सम्मान गरिएकाे हाे ।

“बैदेशिक राेजगारीबाट प्रप्त सीप,पूँजी र ज्ञान उद्यमशिलता, राेजगारी र राष्ट्रिय स्वाभिमान।” काे मुल नाराकाे साथ सरोकारवालाबीच अन्तरक्रिया तथा आप्रवासी सम्मान कार्यक्रम सम्पन्न गरिएकाे जनाइएकाे छ ।

सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत इनरुवा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन रहेको छ ।

उक्त कार्यक्रम इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेल,उद्योग वाजिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,प्रमुख जिल्ला अधिकारी इन्दरदेव यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुरक्षित आप्रवासन परियाेजनाका संयाेजक धिरज भट्टराईले सुरक्षित आप्रवासी परियाेजना अन्तर्गत हाल सम्म सुनसरीबाट बैदेशिक राेजगारीमा गएर ठगिएका,मृत्यु भएका लगायतका तथ्यांकहरु पेस गरेका थिए । तथा परियाेजना अन्तर्गत बैदेशिक राेजगारमा गएर काम नपाएका,एजेन्टबाट ठगिएका मानिसहरुकाे उद्दार तथा राेजगारिका लागि बैदेशिक राेजगारीमा जानलागेका मानिसहरुलाई सिपमुलक तालिम तथा परामर्श दिएका तथ्यांक समेत प्रस्तुत गरिएकाे थियाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव विशिष्ट अतिथि उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,इनरुवा नगरपालिका वडा नं-१,२,५,६ का वडा अध्यक्ष सहयात्रा मंचकी अध्यक्ष बिनिता दाहाल गलायतकाे उपस्थिति रहेकाे थियाे ।

इनरसवा नगरपालिका वडा नं-६ का वडा अध्यक्ष हिकमत सिंहकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Tags: अन्तरक्रिया तथा सम्मान कार्यक्रमअन्तर्राष्ट्रिय कामदार दिवससुरक्षित आप्रवासन परियाेजना
Previous Post

राविराजमा पहिलाे पटम श्री जगन्नाथ रथयात्रा महोत्सव

Next Post

कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

Next Post
कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1357 shares
    Share 543 Tweet 339
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    806 shares
    Share 322 Tweet 202
  • धनुषामा नचनिया प्रिति पासवान र उनका टिममाथि चप्पल जुत्ता प्रहार

    434 shares
    Share 174 Tweet 109
  • गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

    278 shares
    Share 111 Tweet 70
  • इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

    249 shares
    Share 100 Tweet 62
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist