Wednesday, July 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम

गणेश कुमार यादव by गणेश कुमार यादव
January 28, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम
42
SHARES
Share on FacebookShare on Twitter

माघ१४ गते,इनरुवा।सुनसरीकाे इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सन्ताउव यूवा ब्लक (५७ टोली) इनरुवाको आयोजना र इनरुवा नगरपालिका वडा नम्बर १ को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । इनरुवा नपा १ उद्योग बार्णिज्य संघमा दलित तथा पिछडिएका समुदायका महिलाहरुको सशक्तिकरण गर्दै जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको आयोजक समितिका राकेश राउतले जानकारी दिनुभयो । कार्यक्रममा पहुच स्थापित र रोजगार तथा स्वरोजगारका लागि सार्वजनिक वा निजि समन्वय र सम्बन्धको प्रावधान बारेमा महिलाहरुलाई अभिमुखिकरण गरिएको राउँतले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले गर्नुभएको थियो । आयोजक सन्ताउव यूवा ब्लक (५७ टोली) इनरुवाका अध्यक्ष सत्यनारायण यादवले वडाका दलित तथा निम्न वर्गकाहरुको लागि राज्यले धेरै कार्यक्रमको आयोजना र लगानी गर्दै आएको भएपनि प्रभावकारी नभएकाले आफूहरु पहलमा लागेको जानकारी दिनुभयो । यादवले विगतमा जति तालिम भएको छ त्यती प्रभावकारी नभएको भन्दै अवको दिनमा आफूहरुले प्रभावकारी रुपमा काम गर्न अघि सरेको बताउनुभयो ।
कार्यक्रममा नेहा मण्डलले लैगिंक विभेद र छुवाछुत अन्त्यका लागि चेतनामुलक अभियान र दलित महिलाहरुलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर रोजगार तथा स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा पनि दलित, मधेसी र जानजानीहरुले छुवाछुतको नाममा विभिन्न खालका विभेद भोग्नुपरेको सहभागिहरुले गुनासो राखेका थिए । कार्यक्रमको सहजीकरण राकेश साहेव राउत, नेहा मण्डल, सिताराम चौधरी लगायतकाले गरेका थिए । कार्यक्रममा कविता खत्वे, अजय देव, इन्दु कुमारी साह, ओतउल्ला खान, रेखा मण्डल, साकार पोखरेल पत्रकार जयकृष्ण यादव, गणेश यादव सहितका र वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Previous Post

सरस्वती पूजा तथा सास्ँकृतिक कार्यक्रम सम्पन्न

Next Post

काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा

Next Post
काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा

काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist