फागुन १९ गते,इनरुवा। सुनसरीको इनरुवामा ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएकाे छ ।
शुक्रबार इनरुवा नगरपालिकाकाे सभाहलमा “लैङ्गक समानताकाे बलियाे आधार,सिर्जनात्मक प्रविधिमा महिला पहुँचका विस्तार” भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएकाे हाे । इनरुवा नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय इनरुवा सुनसरीको आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।कार्यक्रममा इनरुवा नगरपालिकाका महिला कर्मचारी, विभिन्न संघसंस्थाका महिलाहरु लगायत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा इनरुवा नगरपालिकाकी पूर्व उपमेयर जमुना गाैतमले विगतका दिनहरुमा उपभोक्ता समिति वा राजनीति लगायत विभिन्न क्षेत्रमा जति सहभागिता भैरहेकाे थिएन ती सबैलाइ सम्पूर्ण क्षेत्रमा हाैसला बढाउँदै गगाडी लानुपर्ने बताइन् । उनले भने”८ मार्चमा मात्र नभएर महिलाहरूले सधैं महिलाकाे हकअधिकार र समाजमा पुरुष सरह आफ्नो सहभागितासंगै स्थापित गर्न हामिले हरेक दिन महिला दिवसको रुपमा हामीले जान्नु पर्छ ।”
उक्त खेलमा महिलाहरुलाई म्युजिकल चेयर प्रतियोगिता र जनप्रतिनिधिहरुलाई भित्र बाहिर खेल खेलाइएकाे थियाे ।
उक्त कार्यक्रममा दीपा कुमारी दाहालले मन्तव्य राख्दै कार्यक्रमकाे उदेश्य प्रष्ट पारेकाी थिइनँ ।
महिलाहरुको समानता सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरकारले गरेको प्रतिवद्धता अनुरुप राज्यको दायित्व पुरा गर्न पैरवी गर्ने ।,
लैंडिक समानता, महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशिलताको अधिकार सुनिश्चित हुने वातावरण निर्माणका लागी स्थानीय तहदेखि संघ तह सम्म पैरवि गर्ने लगायकाे उदेश्य रहेकाे थियो ।
उक्त कार्यक्रमकाे अवसरमा इसरुवा सगरपालिकाका महिला २ जना नगर प्रहरी महिलाहरुलाई सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सुनसरीकि उपसभापति कमला खतिवडा,विशिष्ट अतिथि इनरुवा नगरपालिकाकी पूर्व उपमेयर जमुना गाैतम,इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई,अतिथिहरु जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेलकी प्रमुख निरला भण्डारी,विनिता दाहाल,नेहा मण्डल,गंगाराम खत्वे लगायतको आतिथ्य तरेकाे थियाे भने इनरुवा नगरपालिकाकि उप-प्रमुख तथा कार्यवाहक नगर प्रमुख विनिता मेहताकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।