रचैत ९ गते, काठमाडौं । मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिको उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।