ADVERTISEMENT
Friday, April 24, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

गणेश कुमार यादव by गणेश कुमार यादव
March 24, 2023
in मुख्य समाचार
0
विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’
38
SHARES
Share on FacebookShare on Twitter

च‌ैत १० गते,काठमाडौं । विदेशमा रोजगार श्रमिक र स्वरोजगारमा रहेका नेपाली नागरिकलाई सरकारले सामाजिक सुरक्षा योजनामा जोडेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगार नागरिकलाई सामाजिक सुरक्षा योजनामा जोड्ने कार्यक्रमको शुभारम्भ गरे।

बुधबार सरकारले अघि सारेको यस योजनाबाट वैदेशिक रोजगारीमा रहेका करिब ४० लाखभन्दा धेरै नेपाली नागरिक लाभान्वित हुन सक्नेछन्। सामाजिक सुरक्षा कोषले यसअघि नै स्वदेशमा रहेका औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूको लागि सामजिक सुरक्षा कोष कार्यान्वयन गर्दै आइरहेको थियो।

कोषले अहिले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ।

कोषका प्रवक्ता विवेक पन्थीले स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई रूपैयाँमा सक्ने बताए।

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्ताहरूलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरू सञ्चालन गरेको छ। ‘नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूबाट विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरूका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आवद्ध हुने व्यवस्था गरिएको छ,’ उनले भने ‘श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरूले कोषको वेभसाइटमार्फत सूचीकृत हुन सक्ने व्यवस्था गरिएको छ।’

सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्न चौबिसैघण्टा खुल्ला रहने गरी कोषको कल सेन्टर र सामाजिक सञ्जालहरूको व्यवस्था गरिएको छ।

यसका अतिरिक्त गैरआवासीय नेपालीहरूको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएको यस संस्थाको सञ्जालहरूबाट पनि आवश्यक सहयोग प्राप्त हुने प्रतिवद्धता रहेकाले कोषमा आवद्ध हुन थप सहजीकरण हुनेछ। विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेशस्थित कार्यालयहरूबाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ।

वैदेशिक रोजगारीमा जाने कसैलाई दुःख दिइने छैन: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्। प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूलाई समाजिक सुरक्षा कोषका योजनाहरूमा आवद्ध गराउने कार्यको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा जाने कर्मचारीलाई कुनै खालको दुख नदिने बताएका छन्।

‘रोजगारीका लागि विदेश जाने युवालाई दिइने दुःख, ठगी, ढिलासुस्ती अब स्वीकार्य छैन। अब दुःख दिने र पाउने दिन गए’ प्रधानमन्त्री दाहालले भने ‘अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरूको योगदानको कदर हुनेछ। ज्ञान, सीप, पुँजी र प्रविधिको प्रयोग यहाँहरू र देशको हितमा हुनेछ। यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो।’

प्रधानमन्त्री दाहालले विदेशमा जान चाहने युवालाई तालिम दिएर, दक्ष र सक्षम बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको बताए। ‘यसका लागि ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्न तालिम प्रदायक निकायको पुनर्संरचना गर्न मन्त्रालयले गरेको तयारी अनुरूपको कार्यलाई यथाशीघ्र अगाडि बढाउन काम भइरहेको छ,’ उनले भने, ‘वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्यव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत म प्रोत्साहित गर्न चाहन्छु। श्रम सम्झौता हुन बाँकी देशहरूसँग सम्झौता गर्ने, भइसकेका सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाइ विदेशमा रहेका नेपालीहरूको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रूपमा बढाउने कुरा यो सरकारको प्राथमिकतामै छ।’

प्रधानमन्त्रीले रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरूप्रति अध्यागमनमा हुने फरक व्यवहार अन्त्य भएको बताउनु हुँदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट पारे। ‘हजारौं युवा, देशको उत्पादनशील जनशक्ति विश्वका विभिन्न देशमा रोजगारीकै लागि जानु परिरहेको अवस्था छ। दैनिक सयौंको संख्यामा युवाहरू विदेसिइरहनुभएको यो अवस्थामा देशमै आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील, संर्घषशील र जुझारु जनशक्तिलाई देशको विकास र समृद्धिका लागि लगाउनुपर्ने चुनौती हाम्रो सामु छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अहिले परिस्थितिवश, बाध्यतावश विदेसिनु परे पनि विदेशमा रहेका सबै नेपालीहरूप्रति हाम्रो उत्तिकै माया र सद्‍भाव छ। ती युवाहरूले जहाँ रहे पनि जसरी पनि देशको अर्थतन्त्रलाई, योगदान पुर्याइरहनुभएको छ।’

प्रधानमन्त्री दाहालले भने ‘वैदेशिक रोजगारीमा रहेका नेपालीले ‘हामीहरूलाई विभिन्न माध्यमबाट झक्कझक्याइरहनुभएको छ, खबरदारी गरिरहनुभएको छ। यो अमूल्य छ,’ उनले भने, ‘हामीले अब यहाँहरूको भावनाअनुसार काम गर्दै रोजगारीकै लागि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास हाम्रो अबको बाटो हो।’

प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सकेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘अब सबै युवाहरू यो दुरगामी महत्वको कार्यक्रममा सहभागी भई लाभान्वित हुन र सुरक्षित महसुस गर्न आह्वानसमेत गर्न चाहन्छु।’

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको भविष्य सुरक्षित गर्ने बताए। ‘यो योजनाले यहाँहरूको भविष्य सुरक्षित गरेको छ। जीवनको उत्तरार्धमा सबैको पेन्सन सुनिश्चित गरेको छ,’ उनले भने।

श्राेत: नागरिक दैनिक

Previous Post

राजविराजको मविव क्याम्पसमा समाजवादी विद्यार्थी युनियन विजयी

Next Post

प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

Next Post
प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1627 shares
    Share 651 Tweet 407
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist