ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव

गणेश कुमार यादव by गणेश कुमार यादव
July 9, 2023
in मुख्य समाचार
0
पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव
37
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सरकारले २०७८ साल साउन १ गतेदेखि मजदुरको पारिश्रमिक पन्ध्र हजार निर्धारण गरेको थियो । यो पारिश्रमिक कार्यन्वयनमा आउनु एकवर्ष अगाडी २०७७ सालमै निर्धारण हुनुपर्ने थियो । तर, एकवर्ष ढिलाई गरेर २०७८ सालमा मजदुरको मासिक पारिश्रमिक १५ हजार निर्धारण गरिएको हो ।

प्रत्येक दुई–दुई वर्षमा पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने नियम छ । तर, सरकारले २०७८ सालमा मजदुरको पारिश्रमिक निर्धारण गरेयता पुनरावलोकनमा ध्यान दिएको छैन । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कोशी प्रदेशले आइतबार पारिश्रमिक पुनरावलोकन गरेर निर्धारण गर्न माग गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । जिफन्टका कोशी अध्यक्ष किशोर धमलाले सरकारले मजदुरको विषयमा सोच्न नभ्याएको आरोप लगाएका छन् ।नेपालको संविधान २०७२ को धारा ३४ को उपधारा (१) र (२) मा ‘सबै श्रमिकहरुलाई उचित श्रम व्यवस्था तथा उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा हक हुने छ’ भनेर उल्लेख गरिएको छ । श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई–दुई वषएमा श्रमिकहरुको पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले संविधान र ऐनको प्रावधानले निर्दिष्ट गरेको काम समेत हालसम्म नगरेको जिफन्ट कोशीका अध्यक्ष धमला बताउँछन् ।जिफन्टले सरकार तथा रोजगारदाताहरुसँग नेपाल सरकारको प्रथम श्रेणीका कर्मचारीहरुको पारिश्रमिक बराबर मजदृुरको पारिश्रमिक तोक्न माग गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । सरकारले १३ हजार ४०० बाट १५ हजार पु¥याएको थियो । २०७८ बाट यो कार्यन्वयनमा आएपनि त्यसपछि पारिश्रमिक निर्धारण गरिएको छैन । सरकारले उत्पादकत्वका आधारमा पारिश्रमिक बृद्धि गर्दछ । मजदुरले समेत यसैलाई आधार बनाएर सौदाबाजी गर्ने गर्दछन् ।

श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्छ। समितिमा सर्वसम्मति कायम हुन नसकेर पारिश्रमिक सिफारिस गर्न नसके मन्त्रालयले निर्धारण गर्ने व्यवस्था छ। निर्धारित पारिश्रमिक मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नुपर्छ। प्रकाशित भएपछि निर्धारित पारिश्रमिक नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि लागू हुन्छ।

Previous Post

कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर

Next Post

इनरुवाका मासु पसलहरुमा अनुगमन

Next Post
इनरुवाका मासु पसलहरुमा अनुगमन

इनरुवाका मासु पसलहरुमा अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1593 shares
    Share 637 Tweet 398
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist