Wednesday, July 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

गणेश कुमार यादव by गणेश कुमार यादव
July 10, 2023
in मुख्य समाचार
0
भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
36
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभयो । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उहाँले भन्नुभयो । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन पुष्पलाल श्रेष्ठले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताउनभयो ।

“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने उहाँले उल्लेख गर्नुभयो । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उहाँको विश्वास छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहनुभएको बताउनुभयो । “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकाल्नुभएको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताउनुभयो । “पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहनुभएको र उहाँका सपना पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । “निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”, उहाँले भन्नुभयो, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उहाँको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ ।” पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पु¥याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिनुभएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रको विकास, समृद्धि र सम्वद्र्धनमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आएको बताउनुभयो । सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गर्नुभयो ।

सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना र सांस्कृति पक्ष तथा राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

Previous Post

‘आदिपुरुष’को विरोध भारतको विरोध होइन : बालेन शाह

Next Post

सुनसरी,झापा, मोरङका बजारमा भारतीय कुखुराको अस्वस्थ मासु, खुलेआम तस्कर

Next Post
सुनसरी,झापा, मोरङका बजारमा भारतीय कुखुराको अस्वस्थ मासु, खुलेआम तस्कर

सुनसरी,झापा, मोरङका बजारमा भारतीय कुखुराको अस्वस्थ मासु, खुलेआम तस्कर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist