इनरुवा । सुनसरीको इनरसवा नगरपालिका वडा नं-४ स्थित टिपर दुर्घटना भएकाे छ ।
शनिबार राति करिब १० बजे इनरुवा-४ काे कार्यालय हुँदै इनरुवा-८ जाने सडकखण्डमा रहेकाे नहरमा प्र-१०२-००१-ख ८३०७ नम्बर प्लेटको टिपर दुर्घटना भएकाे हाे ।
बस चाैक हुँदै इनरुवा-४ मा सडककाे पाेल बत्तीमा ठक्कर दिंदै इनरुवा-८ पुगि पु:न इनरुवा-४ स्थित रहेकाे नहरमा उक्त टिपर दुर्घटना भएकाे स्थानीयले जानकारी दिए ।
टिपर चालक १६ वर्षिय इनरुवा-८ का रेवत मण्डल थिए । उनले मदिरा सेवन गरि सडकमा अन्धाधुन्ध टिपर चलाइरहेकाे देखेर नेपाल प्रहरी र स्थानीयले उनलाई राेक्ने प्रयास गरेकाे थियाे तर उनी रुकेनन् । दुर्घटना पछि स्थानीहरुकाे भिडले चालकलाई कुटपिट गर्ने प्रयास समेत गरिरहेका थिए । चालकलाई सकुशल उद्दार गर्न प्रहरीलाई हम्मेहम्मे भएकाे थियाे । चालकलाई टिपर बाट निकाल्दा स्थानीयहरुकाे भिडले चालकमाथी कुटपिट गर्न खेतबारीमा खेदाउदै थिए भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीहरुले उनलाई सकुशल उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल सुनसरी,इनरसवा पठाएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।