इनरुवा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई राजनीतिक स्थितरता, सुशासन र दण्डहीनतामा शून्य सहनशीलता आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले चलाएको एक महिने ‘ग्रिन एण्ड क्लिन धरान’ अभियानको समापन कार्यक्रममा बोल्दै डा. कोइरालाले जातीय र धार्मिक सद्भावमा बसिरहेका नेपालीलार्ई खल्बल्याउने काम भएको बताए ।
‘धार्मिक जातीय सद्भाव राख्न सकिएन भने देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा जान्छ,’ डा. कोइरालाले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कतिक धार्मिक कुनै कुरा पनि हाम्रो देशमा अहिले ठीक अवस्थाबाट हिंडिरहेको छैन, नेपाली कांग्रेसको जिम्मेवारी राजनीतिक स्थिरता हामीलाई चाहिएको छ, सुशासन चाहिएको छ, भ्रष्टाचारमूक्त समाज हामीलाई चाहिएको छ । दण्डहीनतामा शून्य सहनशीलता चाहिएको छ ।’
कोइरालाले यी विषयमा संवेदनशील नभए देश समुन्नत बन्न नसक्ने बताए । ग्रिन एण्ड क्लिन अभियान धरानमा अत्यन्तै सान्दर्भिक भएको उनले बताए ।