ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हिन्दु सम्राटका सेनाहरुमाथि आक्रमण, एक जना घाईते

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2023
in मुख्य समाचार
0
हिन्दु सम्राटका सेनाहरुमाथि आक्रमण, एक जना घाईते
42
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । महोत्तरीको महदैया तपनपुरमा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको कृष्णको मूर्ति तोडफोड गरेपछि विरोधमा उत्रेका सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले आक्रमण गरेको आरोप छ ।

महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ३ महदैयास्थित गएराती केही अराजक व्यक्तिले कृष्णाष्टमीको लागि बनाईएको प्रतिमा तोडीदिएपछि उत्पन्न धार्मिक विवादमा हिन्दु सम्राट सेनाले न्यायको लागि पुगेपछि उनीहरुलाई घेराबन्दी गरेर कुटपिट गरेको आरोप छ ।

हिन्दु सम्राट सेनाकी मँजु मण्डल नामक कार्यकर्ताले फेसबुक लाईभमा आएर सो ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले आफूहरुलाई घरमा पसेर कुटपिट गरेको, हिन्दुहरुलाई घरमा पसेर कुटपिट गरेको आरोप लगाएकी हुन् ।

सो स्थानमा स्थानीयहरुबीच मूर्ति तोडफोड सन्दर्भमा कुराकानी र छलफल भईरहँदा बेमौका पुगेका हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले विरोध जनाएपछि उनीहरुलाई सुनुयोजित तवरले कुटपिट गरेको हो ।

हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरुले छलफल गरिरहँदा हिन्दु सम्राट सेनाले मूर्ति तोडफोड गरेको भन्दै कारवाहीको माग गर्न थालेपछि बाहिरबाट आएका केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप छ ।

समाजमा सदभाव कायम गर्नको लागि दुईपक्षबीच छलफल जारी रहँदा हिन्दु सम्राट सेनाले न्यायको लागि आवाज र नाराबाजी गरेपछि उनीहरुलाई राजनीतिक तवरले घेराबन्दी गरेको थियो ।

सो क्रममा हिन्दु सम्राट सेनाका राजेश यादव, मँजु मण्डल, लक्ष्मी साह, पँकज झा लगायतका कार्यकर्ताहरुलाई कुटपिट गरेको बताइएको छ ।

हिन्दु सम्राट सेनाकी लक्ष्मी साहलाई सोही ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप लगाईएको छ । बाहिरबाट गएका मुस्लिम समुदायका युवाहरुले लक्ष्मी साहलाई लक्षित गरी कुटपिट गरेको आरोप लगाईएको छ ।

यता, हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले हिन्दुत्वमाथि प्रहार गरेपछि आफूहरु गएको प्रतिक्रिया दिएका छन् । सो ठाउँका केही मुस्लिमहरुले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताएका छन् । सञ्चारकमीसंग कुराकानी गर्दै साहले महदैयामा मूर्ति तोडफोडमा सोही ठाउँका केही उपद्रव व्यक्तिहरुको सँलग्नता रहेको भन्दै धर्मरक्षाको लागि आफूहरु जाँदा उनीहरुले आक्रमण गरेको बताएका छन् ।

श्रोत : enewsbureau.com

Tags: कुटपिटमहोत्तरीहिन्दु सम्राटहिन्दु सम्राट सेना
Previous Post

भदौ १५ गते गर्ने भनिएको भ्रष्ट्राचार विरुद्धको र्‍याली हर्क साम्पाङले नगर्ने

Next Post

मूर्ति तोडफोड गरी हिन्दु सम्राट सेनामाथि आक्रमण गर्नेलाई बक्सिने छैन : हिन्दु सम्राट सेना

Next Post
हिन्दु सम्राटका सेनाहरुमाथि आक्रमण, एक जना घाईते

मूर्ति तोडफोड गरी हिन्दु सम्राट सेनामाथि आक्रमण गर्नेलाई बक्सिने छैन : हिन्दु सम्राट सेना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1399 shares
    Share 560 Tweet 350
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist