हिन्दू धर्म एक विशाल सभ्यता हो । यसका विभिन्न उपशाखाहरू छन् । अनादि अनन्तदेखि थालिएको माानिने यो धर्मको अभ्यास समयक्रमसँगै परिष्किृत हुँदै आएको छ । त्यसै क्रममा यस धर्मभित्र विभिन्न सम्प्रदायहरूका जन्म भएका छन् । कोही वैष्णव छन् भने कोही शैव छन् । कोही शाक्त छन् त कोही गाणपत्य र कोही सौर्य छन् । कोही प्रकृति पुज्छन् भने कोही मूर्ति पुज्छन् । कोही द्वैत छन् भने कोही अद्वैत छन् । यस प्रकारले हिन्दू धर्ममा व्यापक विविधता रहेको छ ।
आधुनिक समयमा योगको आविष्कार, खोज र चमत्कारसँगै आध्यात्मिक र भौतिकवादी विचार दुवै यस धर्ममा सहअस्तित्वमा रहेका छन् । विज्ञानको गतिशीलताले अध्यात्मभित्र पनि कारण खोजिरहेको छ । कार्य भएकैले कारण सम्भव भएको भनी विज्ञानसम्मत मतहरूको उपस्थापन पनि जारी छ ।
तर, हिन्दू धर्मको यही विविधतालाई विग्रहमा परिणत गर्ने प्रयत्न हुन थालेको देखिन्छ । अहिले विभिन्न धर्मगुरुहरूले आआफ्ना समूहहरू विस्तार गरिरहेका छन् । नेपालभन्दा भारतमा यो अझ बढी देखिन्छ । उत्तरी भारतमा रामको पूजा गरिन्छ भने दक्षिणी भारतमा रावणको पूजा गर्ने प्रचलन छ । जनसङ्ख्याका हिसाबले भारतमा धार्मिक विविधता अझै धेरै छ । अनेक धार्मिक गुरुहरू छन् । अनेक वाद–प्रतिवाद चलिरहेका छन् । श्रीश्री रवि शङ्करका तीन अर्ब अनुयायी छन् भनिन्छ । सद्गुरुका अनुयायी एक अर्ब भएको बताइन्छ । त्यसैगरी बागेश्वर बाबाका पछाडि पनि लामो लस्कर पछि लागेको देखिन्छ । रामदेवले योगका माध्यमले चमत्कार नै गरिदिए । सन्यासी बनेका योगी आदित्यनाथ भारतको उत्तरप्रदेशका मुख्यमन्त्री नै छन् ।
त्यसैमध्ये एक हुन् ः रामपालसिंह जतैन । उनी हाल चार महिला र एक बालकको हत्या गरेको अभियोगमा आजीवन कारावास कटाइहेका छन् । स्वामी रामदेवानन्दका अनुयायीका रूपमा रहेका उनी सन् १९९४ मा इन्जिनियरिङ पेसा छोडेर स्वामी रामदेवानन्दकै उत्तराधिकारी बन्न पुगे । उनी र उनका समर्थकले भारतको हरियाणा राज्यको रोहतकमा सन् १९९९ मा सत्लोक आश्रम स्थापना गरे । यसलाई उनले अन्य शहरमा पनि विस्तार गरे ।
रामपाल मूलतः सबै धर्मलाई समताभाव राख्नुपर्ने दृष्टिकोण राख्दै आएका व्यक्ति थिए । कालान्तरमा उनी हिन्दू धर्मको दुष्प्रचारमा बढी केन्द्रित देखिन्छन् । उनले प्रकाशन गरेर नेपाल तथा भारतका विभिन्न स्थानमा निःशुल्क वितरण गरेका पुस्तकहरूमा हिन्दू धर्मको पवित्र ग्रन्थ गीता तथा वेदकै अपव्याख्या गरिएको पाइन्छ । वैदिक सनातन परम्पराको धज्जी उडाउन उनले कुनै कसर बाँकी राखेका छैनन् । हिन्दू धर्मावलम्बीले गर्ने देवकार्य, पितृकार्य आदि सबै कर्मबारे अपव्याख्या गर्दैै यी सबै बेकार हुन् भन्ने भाष्य उनका पुस्तकहरूले स्थापित गर्न खोजेका छन् ।
श्रीमद्भगवद्गीतामा जम्मा छ सय ९९ श्लोकहरू छन् । १८ अध्याय छन् । कर्म, योग र ज्ञान गरी छ–छ अध्यायको सुन्दर संयोजन गरिएको यस ग्रन्थलाई मोक्षशास्त्र पनि भनिएको छ ।
महान् सन्त कबीर प्रणीत कबीर सम्प्रदाय अमूर्त ईश्वरको चिन्तन गर्ने एउटा विशाल छहारी थियो । मूर्त ईश्वर र अमूर्त ईश्वरको चर्चा र अनुकरण हुँदै आएको धार्मिक इतिहास ज्युँदै छ । कबीरका केही दोहाहरू लोकोपकारी र औपदेशिक प्रकृतिका पनि छन् । कबीरप्रति सबै सनातनीहरू श्रद्धा र सम्मान प्रकट गर्दछन् । पन्ध्रौँ शताब्दीका सन्त कबीर जैन दर्शनका विचारक महान् दार्शनिक थिए । उनी कागज र कलमबिनै महान् कविका रूपमा प्रख्यात भए । कारण थियो– उनको मुखाग्र कविता रचना गर्ने आसुकवित्व । उनी औपचारिक शिक्षाबाट पनि विमुख थिए । स्वाध्यायन र साधनाको बलमा उनले अनेकौँ ग्रन्थ तयार पारेका थिए । हिन्दू धर्मभित्र रहेका कर्मकाण्ड, अन्धविश्वासका विषयमा खुलेर विचार राख्थे । यद्यपि हिन्दू धर्मविरोधी कुनै अभियान चलाएका थिएनन् ।
कबीर लेख्छन्, ‘पाहन पूजे हरि मिलैं, तो मैं पूजौं पहार । वा ते तो चाकी भली, पीसी खाय संसार ।’ अर्थात् कसैको पाउ पुजेर हरि मिले त म पनि पुज्थेँ ।’ यसरी कसैको पाउ पुजेर हरि प्राप्त गर्नका लागि मरिहत्ते गर्नेहरूले अन्त्यमा पाएको शून्यताको विरोध गर्दै कबीर मानवमात्रको कल्याणका लागि लाग्न अह्राउँछन् ।
उनै सन्त कबीरको नाम बेचेर धर्म प्रचार गर्ने जमात बनेको छ : रामपाल समूह । उसले ठाडै लेख्छ : ‘वैदिक विधिले पितृपूजन गर्नु, ॐकार युक्त गायत्री जप गर्नु भूतपूजा गर्नु हो ।’
त्यतिमात्र होइन, हिन्दू–मुस्लिम धर्मको मध्यस्थता गर्दै निर्गुण निराकार ब्रह्मको चिन्तन गर्ने कबीरजीको मत उल्लङ्घन गर्दै हिन्दू धर्मबारे विकृत विचारहरू प्रकाशित गर्दै आएको छ । श्रीमद्भगवद्गीतालाई अपव्याख्या गर्दै, आफूलाई मन परेको भागमात्र प्रकाशित गर्ने र बदनाम गराउने उसको ध्येय बुझिन्छ । हिन्दू धर्ममा चारवेद, अठार पुराण, अठार उपपुराण, एक सय आठ उपनिषद्, ब्राह्मण तथा अरण्यक ग्रन्थहरू छन् । केवल गीताका आफूअनुकूल केही श्लोकको मात्र व्याख्या गरी आफूलाई महान् बनाउन खोज्ने रामपालजी हाल जेलमा हावा खाइरहेका छन् ।
‘आफ्नो योग्यताले पुग्ने अरू काममा यति कमाइ हुँदैन । अरूभन्दा यही काम सजिलो लागेको र धेरथोर धर्म पनि होला भनी यस काममा लागियो ।’
कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्ड तीन भेद बताइएका छन् । कर्मकाण्ड ईश्वरप्राप्तिको पहिलो सिँढी हो । तपाईँ हाम्रा पुस्ताले शास्त्रोचित कर्मकाण्ड नै गर्न नसकिरहेका वेला यसरी कर्मकाण्डमाथि नै आक्षेप लाउन नमिल्ने हिन्दू जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्याय बताउँछन् । उनी थप्छन्, ‘रामपालका चेलाहरूले गरेको काम निन्दनीय छ । आफूअनुकूल शास्त्रको व्याख्या गर्दै जनमानसमा भ्रम सिर्जना गर्नु एकजुट रहेको हिन्दू सनातन धर्ममाथिको धावा हो ।’ आफूहरूले रामपालका चेलाहरूले वितरण गर्ने गरेको मिथ्या पुस्तक जफत गरी आइन्दा त्यसो नगर्न सम्झाएर पठाउने गरेको पनि उनी सम्झिन्छन् ।
निःशुल्क वितरण गरिएका पुस्तकबारे सामाजिक सञ्जालमा प्रचार गर्दै रामपालका भक्तहरू चौकचौकमा पुगिरहेका भेटिन्छन् । नाम नखुलाउने शर्तमा एकजना प्रचारकले आफूलाई पुस्तक वितरणका आधारमा भत्ताको व्यवस्था गरिएको बताउँछन् । उनले भने, ‘आफ्नो योग्यताले पुग्ने अरू काममा यति कमाइ हुँदैन । अरूभन्दा यही काम सजिलो लागेको र धेरथोर धर्म पनि होला भनी यस काममा लागियो ।’
अहिले धनुषाको महेन्द्रनगरमा सन्त रामपालको जन्मजयन्तीका अवसरमा तीन दिनसम्म कार्यक्रम गर्ने तयारी चलिरहेको छ । विभिन्न ठाउँमा ब्यानरहरू टाँस गर्दै भक्तजनकलाई निमन्त्रणा गरिएको छ । हामीले विभिन्न स्रोतबाट रामपालका भक्तहरूसँग सम्पर्क गर्ने कोसिस गर्दा एक जना अनुयायी किशोर दासले आफूहरूले वितरण गर्ने कुनै पनि पुस्तकमा हिन्दू ग्रन्थको दुष्प्रचार हुने सामग्री नरहेको बताएका छन् । उनी भन्छन्, ‘हामी त सबै धर्म समान छन् भनेर लागिरहेका छौँ । हामीले सबै धर्मका विकृतिहरूमाथि बोल्दै आएका छौँ । हाम्रो पवित्र उद्देश्य नबुझ्ने अज्ञानीहरूले हामीलाई आक्षेप लगाएका हुन् ।’
जति सम्प्रदाय, मतमतान्तर भए पनि समग्र धर्मका सवालमा एक ठाउँमा उभिएर एक ढिक्का हुनुपर्नेमा यसरी फुट ल्याउन तल्लीन छन् । यिनीहरूलाई राष्ट्रियता, स्वायत्त सत्ता र सांस्कृतिक एकरूपताभन्दा नाम कमाउनु छ । भक्तहरूको ओइरो लगाउनु छ । यसबारे सरोकारवालाहरू सजग रहनु जरुरी छ ।
रामपालजी त जेलमा छन्, तपाईँहरू केका आधारमा उनीमाथि यति विश्वास गर्दै कार्यक्रम गर्नुहुन्छ, उनलाई भारतले आजीवन कारावासमा राखेको छ, भन्ने प्रश्नमा उनले नेपाल र भारतको कानून नै यस्तै रहेको र फसाइएको जिकिर गरे । जब कि अक्टोबर १६, २०१८ मै भारतीय मिडियाहरूले रामपाललाई आजीवन कारावास पठाइएको बताएका थिए । भारतको एबीपी न्यूजले रामपाललाई जन्मकैद सुनाएको बताएको थियो । यही विषयमा भारतीय न्यूज अमर उजलाले पनि सोही विषय सम्प्रेषण गरेको थियो ।
मन्दिरका अघि चर्च, खुला गौहत्या तथा धर्मान्तरणको मामलाले देश तरङ्गित भइरहेको वेला रामपालका भक्तहरू यसरी धर्ममा धावा बोलिरहेका छन् । जति सम्प्रदाय, मतमतान्तर भए पनि समग्र धर्मका सवालमा एक ठाउँमा उभिएर एक ढिक्का हुनुपर्नेमा यसरी फुट ल्याउन तल्लीन छन् । यिनीहरूलाई राष्ट्रियता, स्वायत्त सत्ता र सांस्कृतिक एकरूपताभन्दा नाम कमाउनु छ । भक्तहरूको ओइरो लगाउनु छ । यसबारे सरोकारवालाहरू सजग रहनु जरुरी छ ।
निःशुल्क भनिएका पुस्तकभित्र रहेका विषयवस्तु साधारण जनताले बुझ्दैनन् र पत्याइदिन्छन् । ‘ज्ञान अमृत’ भन्दै मन्दविष घोलिएको पत्तै पाउँदैनन् । सफेद वस्त्रभित्र लुकेको रामपालको कालो कर्तुत न पुस्तकले बोल्छ न उनका अन्धभक्तले बोल्छन् । सोझा जनतालाई नेपालका दिग्गज धर्मगुरुहरूले सूसुचित गराउनु आवश्यक छ । राज्यले रामपालका अनुयायीमाथि कडा निगरानी गर्नु आवश्यक छ ।
https://drive.google.com/file/d/15pJkAzy7DPD_Gy6X6GD00gSgLFfd6rmj/view?pli=1
esaptakosi.com को सहयोगमा