ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नव निर्मित भवन इलाका प्रशासन कार्यालयलाई हस्तान्तरण

गणेश कुमार यादव by गणेश कुमार यादव
September 9, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
नव निर्मित भवन इलाका प्रशासन कार्यालयलाई हस्तान्तरण
53
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको हरिनग गाउँपालिकामा इलाका प्रशासन कार्यालय हरिनगरा,सुनसरीको नव निर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार हरिनगर गाउँपालिका स्थित एक कार्यक्रम बिच इलाका प्रशासन कार्यालय हरिनगरा,सुनसरीको नव निर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

नव निर्मित भवनमा जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुम्मला पण्डेले हिन्दु परम्परा अनुसार विधिवत् रुपान पुजापाठ गरेपछी प्रजिअ पाण्डे, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी तथा प्रदेश सांसद रामप्रसाद मेहता,हाजी इस्रलाईल मन्सुरीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेकी गरोमका थिए ।

हरिनगर गाउँपालिकाका वडा नं–४ निवासी स्वर्गिय संझादेवी मेहताको पुण्य स्मृतिमा निजका छोरा राजकुमार मेहता र विजयकुमार मेहताले दुई कट्ठा १९ धुर ७५ प्वाइन्ट जग्गा इलाका प्रशासन कार्यालय हरिनगरको भवन निर्माणका लागि दान दिएका थिए । उक्त जग्गामा संघीय सरकारको शहरी विकासको लागतमा १९ कोठे सुविधासम्पन्न अपांगमैत्री भवन निर्माण भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

उक्त भवन साह जेवी कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयमा निर्माण सम्पन्न गरेका थिए । वि.स. २०७८ जेठ ५ गते भएको सम्झौता अनुसार दुई करोड १३ लाख लागतमा भवन निर्माणको काम २०८० जेठ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा उक्त भवन सम्पन्न एको अध्यक्ष अन्सारीले जानकारी दिए ।

उक्त कार्यालयले सुनसरी जिल्लाको सीमावर्ती बर्जु, देवानगञ्ज र हरिनगर गाउँपालिका गरि तीन स्थानीय तहका एक लाख २५ हजार जनससंख्यालाई सेवा दिनेगरी भवन निर्माण भएको इलाका प्रशासन कार्यालयका प्रमुख सगमलाल चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रममा २० औँ निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा मनु पोखरेलसहित सात जना कर्मचारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी हुम्मला पण्डे,कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता,सदानन्द मण्डल, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, देवानगञ्जका बेचन प्रसाद मेहताले बृक्षारोपण समेत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुम्मला पण्डे,कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, देवानगञ्जका बेचन प्रसाद मेहता र प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो भने स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

   

 

Tags: इलाका प्रशासन कार्यालयइलाका प्रशासन कार्यालय हरिनगरानव निर्मित भवनसुनसरी
Previous Post

रामपालकाे निःशुल्क गीता : धार्मिक एकतामाथि वज्रपात

Next Post

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

Next Post
बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist