ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
September 22, 2023
in मुख्य समाचार
0
नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।  इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

‘नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा हामीले बिहीबार साँझ इटहरीको मुख्य बजार क्षेत्रबाटै पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले भने, ‘पक्राउ परेकाहरूमाथि हामीले आवश्यक अनुसन्धान सुरु गरेका छौँ ।’

उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनामा संलग्नहरूको गिरोह नै रहेका कारण तिनीहरूको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) विपिन रेग्मीले जानकारी दिए ।

‘उनीहरूले नक्कली नोट काठमाडौँमा छापेर पूर्वका विभिन्न सहरमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘नक्कली नोटमा संलग्न मुख्य व्यक्तिलाई पक्राउ गर्नका निम्ति काठमाडौँ प्रहरीसँग पनि समन्वय भइरहेको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नक्कली नोटको कारोबार गर्नेहरूले काठमाडौँमै छाप्ने गरेको खुलेको छ । पछिल्लो समय सुनसरीसहित कोसी प्रदेशका विभिन्न सहरमा नक्कली नोटको कारोबार गर्नेहरूको संख्या बढ्दो रहेकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताइन्छ ।

Previous Post

इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर

Next Post

अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न  

Next Post
अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न  

अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist