ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी

गणेश कुमार यादव by गणेश कुमार यादव
September 24, 2023
in मुख्य समाचार
0
शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी
45
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । ‘ॐ’ अक्षरलाई सरकारले शब्दकोषबाट हटाएको भन्दै अहिले सामाजिक सञ्जालमा सनसनी फैलिएको छ । सात वर्षअघि परेको मुद्दामा सर्वोच्च अदालतले भर्खरै एमिकस क्यूरी गठनको आदेश दिएको छ, जबकि यो विवाद त्यतिबेला नै समाधान भइसकेको हो ।

नेपाली लिपीका संयुक्त अक्षरहरूलाई शब्दकोष र शैक्षिक पाठ्यक्रमबाट हटाउने निर्णय २०६९ सालमा शिक्षा मन्त्रालयले गरेपछि त्यसबेला विवादको रूप लिएको थियो । नेपाली भाषालाई सरल बनाउने र एकरूपता ल्याउने भन्दै प्रज्ञा प्रतिष्ठानको भाषा समिति र पाठ्यक्रम विकास केन्द्रले गरेको सिफारिसलाई तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले २०६९ साउन २२ गते सदर गरेका थिए । त्यसअनुसार नयाँ शब्दकोष प्रकाशित गरिएको थियो ।

त्यसबेला प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोषको नवौं संस्करणमा ॐ, ‘श्री’ जस्ता संयुक्त अक्षरहरु हटेका थिए । अन्य सबै संयुक्त अक्षरहरूलाई हलन्त लगाएर विचित्रको बनाइएको थियो । केही उदाहरण यस्ता छन् :

द्वन्द्व– द्‍वन‍्द्‍व
वृद्धि– व्‌रिद्‌धि
उद्देश्य– उद्‌देश्‌य
स्वास्थ्यकेन्द्र- स्‌वास्‌थ्‌यअक्‌एन्‌द्‌र्‌अ

सरकारको निर्णयबमोजिम संयुक्त अक्षर हटाउने यस्तो हास्यास्पद र अव्यवहारिक अभ्यास शैक्षिक पाठ्यक्रममा पनि गर्न खोजियो । तर, सबैतिरबाट विरोध आयो । भाषाविद्‌देखि शिक्षक-शिक्षिकासम्मले यसलाई कार्यान्वयन गर्न नसकिने बताएपछि अन्ततः प्रज्ञा प्रतिष्ठान निर्णयबाट पछि हटेको थियो ।

प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेतीले शब्दकोषलाई सुधारेर पहिलेकै अवस्थामा ल्याउन लगाए । फलस्वरुप शब्दकोषको १० औं संस्करणमा संयुक्त शब्दहरूलाई परम्परागत शैलीमा नै राखियो र अहिलेसम्म त्यही नै कायम छ । अहिले प्रचलनमा रहेको ‘प्रज्ञा नेपाली वृहत् शब्दकोष’ को २७० औं पेजमा ॐ शब्द र यसको अर्थ लेखिएको छ । विद्यालयका पाठ्क्रमहरू पनि त्यसबेलै सुधार भइसकेका छन् ।

प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति उप्रेती आफ्नो पालामा शब्दकोषबाट ॐ हटाउने भन्ने कुनै निर्णय नभएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले यो विषय चर्चामा आउँदा म आफैं छक्क परेको छु । ॐ लाई लिएर प्रज्ञा प्रतिष्ठानले कुनै निर्णय नै गरेको थिएन । संयुक्त अक्षरहरू हटाउने भनेर सरकारले गरेको निर्णय पनि एक-डेढ वर्षपछि मेरै पहलमा भाषाविज्ञहरुको कमिटी नै बनाएर सच्याइएको हो । अहिले हामीले बनाएको शब्दकोषले त ॐ लाई अझै राम्ररी व्याख्या गरेर प्रस्तुत गरेको छ । संयुक्त अक्षर त हाम्रो भाषाका सम्पत्ति हुन् । अहिले शब्दकोष नै नहेरिकन सामाजिक सञ्जालमा टिकाटिप्पणीहरू भइरहेका छन्,’ उनले भने ।

तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले पनि संयुक्त अक्षर हटाउने आफ्नो निर्णयमा सार्वजनिक आत्मालोचना गरिसकेका छन् ।

तर, मन्त्रालयको निर्णयविरुद्ध २०७३ साल भदौ २२ गते सालमा अदालतमा दायर भएको रिट अहिलेसम्म पनि किनारा लागेको छैन । अधिवक्ता स्वागत नेपालले ‘विदेशीको षड्यन्त्रमा संयुक्त अक्षरहरु हटाएर नेपाली भाषाको चीरहरण गर्न खोजिएको’ भन्दै सर्वोच्चमा रिट हालेका थिए । उनले रिट निवेदन दिएको चार दिनपछि नै अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । अदालतको उक्त आदेश अहिले पनि कायम छ । मुद्दाको फैसला भने भएको छैन । कयौंपटक पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेर मुद्दा धकेलिँदै आएको हो । बीचमा सर्वोच्चले सरकारको निर्णय तथा पाठ्यक्रम विकास केन्द्र र प्रज्ञा प्रतिष्ठानको शिक्षा समितिले गरेका निर्णयहरू मगाएको थियो ।

स्मरणीय छ कि २०७३ सालको असोज ३० गते मुद्दालाई अग्राधिकार दिएर चाँडो किनारा लगाउन गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको इजलासले अग्राधिकार दिएको थियो । तर, ठीक उल्टो काम भएको छ । मुद्दा निरन्तर हेर्न नभ्याइनेमा परेर पछि धकेलिएको छ ।

यसैबीच गत ४ गते सर्वोच्चले यो मुद्दाबारे एमिकस क्यूरी गठनका लागि नेपाल बारका नाममा आदेश गरेको हो । न्यायाधीसद्वय कुमार चुडाल र विनोद शर्माले सो आदेश दिएका हुन् । अदालतले कुनै पनि मुद्दामा विज्ञहरूको रायसल्लाह लिन चाहेमा इजलासको सहयोगीका रुपमा एमिकस क्यूरी बनाउन सक्ने प्रावधान रहेको छ । एमिकस क्यूरीले दिने सल्लाह इजलासका लागि वाध्यकारी भने हुँदैन ।
रिट निवेदक स्वागत नेपालले अदालतले मुद्दा किनारा लगाउन ढिलाइ गर्दा समस्या आएको बताए ।

उनले भने, ‘सर्वोच्चले अन्तरिम आदेश दिएपछि प्रज्ञा प्रतिष्ठानले संयुक्त अक्षर हटाउने निर्णय गलत भएको भनेर शब्दकोषलाई सच्याएको हो । तर, मुद्दाको फैसला भएको छैन । इम्बोस्ड नम्बर प्लेटमा जस्तै सर्वोच्चले आफ्नो अन्तरिम आदेशविपरीत फैसला सक्ने सम्भावना कायम नै छ । भोलि सर्वोच्चले संयुक्त अक्षर हटाउने निर्णय सही नै थियो भनेर आदेश दियो भने त्यो नेपाली भाषाको मर्ममा प्रहार हुने छ । त्यसैले सबैले चनाखो हुनुपर्छ ।’

श्रोत : नेपाल प्रेस

Previous Post

प्रेमी भेट्न आएकी युवतीलाई बैँकका कर्मचारीले बलात्कार प्रयास गरेपछि…

Next Post

बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..

Next Post
बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..

बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1593 shares
    Share 637 Tweet 398
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist