सुनसरी । सुनसरी, झापा र तेह्रथुमबाट प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सर्वोच्च अदालतको मिति २०८०।१।०५ गतेको फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद तोकिएका दुहबी नगरपालिका १२ पूर्वकुशाहाका सत्यनारायण यादवलाई पक्राउ गरेको हो ।
यसैगरी जिल्ला अदालत तेह्रथुमको मिति २०७८।०५।१५ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी तेह्रथुमको फेदाप गाउँपालिका २ का ४८ वर्षीय सुवासचन्द्र लिम्बूलाई पक्राउ गरेको हो ।
यस्तै, लाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा जिल्ला अदालत झापाको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २ हजार जरिवाना तोकिएका झापाको गौरादह नगरपालिका ५ का २२ वर्षीय दिनेश अधिकारीलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।