ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पत्रकार पटेल होटलमा हैन, अनाथ आश्रममा जन्मदिन मनाए

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2022
in मुख्य समाचार
0
पत्रकार पटेल होटलमा हैन, अनाथ आश्रममा जन्मदिन मनाए
45
SHARES
Share on FacebookShare on Twitter

राैतहट ।उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ ।

समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएका छन् ।
रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष एवं मधेश प्रदेश अनलाइनका संचालक समेत रहेका पत्रकार पटेलले आफना जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग गरुडा स्थित बंशीराम जयसवाल अनाथालय आश्रममा मनाएका छन् ।

निरन्तर गरिव एवं असाहायलाई सहयोग गर्दै समाजमा आफना छुटै पहिचान बनाउन सफल जिल्लाको परोहा नगरपालिका वडा नं. ८ मोतीपुर नरकटिया निवासी युवा पत्रकार अभिमनु पटेलले आज आफना जन्मदिनको अवसरमा बंशीराम जयसवाल अनाथालय गरुडामा विभिन्न खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन्

योपनि हेर्नुस् 

जन्मदिनका नाममा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसाथ गर्दै पत्रकार पटेलले आफ्नो जन्मदिनको अवसरमा बंशीराम जयसवाल अनाथालय गरुडामा रहेका ३१ जना अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरी प्रशंसनीय एवं उदाहरणीय काम गरेका हुन् ।

पटेलले चामल, दाल, चिउरा, सोयावीन, नुन, खानेतेल, दालबुट, कपडा धुने साबुन, नुहाउने साबुन, कपडा धुने सर्फ, चोकोपन लगायत विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
शादीको सालगृह, छोराछोरी, दाईभाई, आमाबुबाको कसैको जन्मदिन वा कुनै परिवारीक उत्सवको समारोह भएको बेला होटलमा लाखौं रकम खर्च गर्नु भन्दा आफ्नो जिल्ला वा स्थानमा रहेको अनाथालय आश्रम, बृद्धा आश्रम वा दलित बस्तीमा रहेको गरिब असहाय परिवारमा खाद्यान्न सामाग्री, लत्ताकपडा जस्तो सामाग्री वितरण वा सहयोग गर्नु नै उपयुक्त हुनेछ भनी आफुले उक्त सामाग्री सहयोग गरि समाजमा अन्य व्यक्तिहरूले होटलमा होइन जसको संसारमा कोही छैन त्यस्तोको लागि केही गर्नु भने पटेलले आग्रह गरे ।

रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष, रौतहट जिल्ला अध्यक्ष, मधेश मिडिया प्रा.लि द्वारा संचालित मधेश प्रदेश अनलाइनका अध्यक्ष, श्री कुर्मी सशक्तीकरण मंच केन्द्रीय सदस्य, हिन्दु परिषद नेपाल रौतहट प्रवक्ता, भिजिट मधेश नेपाल रौतहट संयोजक, समाजसेवी, गरिबहरूको लागि सधैं एक कदम अगाडि उभिने तथा मधेश प्रदेश कै युवा चर्चित पत्रकार पटेलले जन्मदिनको अवसर पारी उक्त अनाथ तथा टुहुरा बालबालिकाहरुका लागि सानै भएपनि सहयोग गरेको बताएका छन् ।

पटेलले जन्म दिनको अवसरमा खाद्यान्न सामाग्री सहयोग गरेर अनाथ तथा टुहुरा बालबालिकाहरुसँग त्यहीँ केक काटेर रमाइलो गरी आफ्ना जन्मदिन मनाएका हुन् । समाजमा पछिल्लो समय भड्किलो रुपमा मनाउने जन्मदिन भन्दा टुहुरा बालबालिकाहरुलाई सहयोग गरेर मनाउदा आफुलाई समेत रमाईलो लागेको पटेलको भनाई छ ।
अन्य व्यक्तिले होटलमा लाखौं खर्चेर जन्मदिन मनाइरहदा पत्रकार पटेलले अनाथ तथा टुहुरा बालबालिकाहरुसँग आश्रममै पुगेर जन्मदिन मनाएर एउटा नयाँ सन्देश दिनुका साथै उदाहरणीय एवं प्रशंसनीय काम गरेको भन्दै उनको अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।

Tags: जन्मदिनपत्रकारराैतहट
Previous Post

भारतले पाकिस्तानलाई हरायो

Next Post

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

Next Post
रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist