ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवाको सरकारी विद्यालयमा अन्तिम परिक्षा चलिरहँदा प्रश्नपत्र बोकेर शिक्षक कार्यालयमा

विद्यार्थी नहुदा कक्षा कोठा सुनसान

गणेश कुमार यादव by गणेश कुमार यादव
March 22, 2024
in मुख्य समाचार
0
इनरुवाको सरकारी विद्यालयमा अन्तिम परिक्षा चलिरहँदा प्रश्नपत्र बोकेर शिक्षक कार्यालयमा
40
SHARES
Share on FacebookShare on Twitter

चैत ९ गते, इनरुवा । इनरुवा नगरपालिका क्षेत्रमा रहेका सरकारी विद्यालयमा २०८० सालको बार्षिक परिक्षा सञ्चालन भैरहँदा कतिपय विद्यालयमा भने विद्यार्थीहरुनै परिक्षा दिन नआएर शिक्षकहरु प्रश्नप्रत्र मात्रै बनाएर बस्ने गरेको पाइएको छ ।

इनरुवा १ नम्बर वडामा रहेको चाँदनी आधारभुत विद्यालयमा बिहीबार १२ बजे कक्षा कोठामा तालाचाबी लागेको अवश्थामा शिक्षकहरु कार्यालयको कोठामा बसिरहेका थिए ।

बाक्लो बस्तीका बिचमा रहेको यस विद्यालयमा नियमित रुपमा विद्यार्थी नआउने समस्यासँगै बार्षिक परिक्षामा समेत विद्यार्थी विद्यालय नआएको पाइएको हो ।

विद्यालयका शिक्षकहरुले भने १० बजे आएका विद्यार्थी एक घण्टा विद्यालयमा बसेर घर गएको दावी गरेका छन ।

विद्यार्थी नभएको विद्यालयमा कार्यरत रहेका शिक्षकहरु कार्यालय कोठामा बसेर विद्यार्थी नआउनुको कारण नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि आवश्यक कक्षा कोठा भवन र वातावरण बनाउन नसकेको दावि गरिरहेका थिए।

प्रधानअध्यापक आरती श्रेष्ठले अति गरिब विपन्न परिवारका २५ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको दावी गर्दै नियमित विद्यालय भने नआउने गरेको बताएकी छीन ।

श्रेष्ठले भौतिक पूर्वाधारसहितको भवन भएको खण्डमा विद्यालयमा खचाखच विद्यार्थी आउने दावी गरिन ।

चैत २ गतेबाट बार्षिक परिक्षा सुरु भएको इनरुवा नगरक्षेत्रमा चाँदनी आधारभुत विद्यालय जस्तै इनरुवाका अन्यमा रहेका आधा दर्जन विद्यालयमा मुस्किलले १० जनाभन्दा बढी विद्यार्थीहरु विद्यालयमा वार्षिक परिक्षामा सहभागी हुन आएका थिएनन् ।

इनरुवा १ नम्बर वडाका वडाअध्यक्ष प्रमोद पोखरेलले वार्षिक परिक्षामा विद्यार्थी आए नआएकोे अनुगमन गरि यकिन गरिने बताए ।

वडाअध्यक्ष पोखरेलले चाँदनी विद्यालयमा विद्यार्थीको सहभागीता न्युन रहेकाले विकल्पमा छलफल गरि ठोस निर्णय गरिने बताए ।

यस विद्यालयलाई पायक पर्ने विद्यालयमा समायोजन गर्ने की अग्रेजी माध्यमबाट पठनपाठन गरि स्तरउन्नती गरेर लैजाने भन्ने दुईवटा विकल्पमा छलफल गरेर जाने तयारीमा रहेको पोखरेलले बताए ।

इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले विद्यार्थी नआउने समस्या देखिएको चाँदनी आधारभुत विद्यालयलाई आउदो शैक्षिक सत्र २०८१ सालको वैशाखको पहिलो हप्ताभित्रमा नजिकको विद्यालयमा समायोजन गर्ने अन्तीम तयारी भएको जानकारी दिए ।

प्रमुख प्रशासकिय अधिकृत निरौलाले बालमन्दीर माविमा जनशक्ति अभाव भएका कारण मावि तह संचालनमा समस्या आएकाले चाँदनीलाई त्यसै विद्यालयमा समायोजन गर्ने तयारीमा रहेको बताए ।

यसैगरि इनरुवा ८ नम्बर वडामा रहेको सरस्वती आधारभुत विद्यालय र बीपी आधारभुत विद्यालयलाई समायोजन गर्ने निर्णय भएको निरौलाले बताए ।

इनरुवा ९ नम्बर वडामा रहेको फुल आधारभुत विद्यालय र शहिद श्यामसुन्दर आधारभुत विद्यालयलाई समायोजन गर्नेसमेत जानकारी निरौलाले दिए ।

श्राेत : वर्णमाल दैनिक

Previous Post

आशा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Next Post

इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1580 shares
    Share 632 Tweet 395
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist