इनरुवा । इनरुवाकाे जनक स्मृती मा.वि. का विद्यार्थीहरुले बालदिवस भव्यताका साथ मनाए । विद्यार्थीहरुले बालदिवस शनिबार परेकोले शुक्रबार नै बालदिवस मनाइयो ।
बालदिवस मनाउनकालागि विद्यालयका कोअर्डिनेटर नविन श्रेष्ठ हुनुहुन्थ्यो भने कार्यक्रमको मुख्य अतिथी रामधुनी प्याब्सन अध्यक्ष अच्युत ढकाल हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिको रुपमा इनरुवा नगर प्याब्सन अध्यक्ष हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी र बिशिस्ट अतिथिद्वयले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
कार्यक्रम संचालन कक्षा १० का विद्यार्थीहरु पीयूष मेहता र पुजा यादवले संयुक्तरुपमा गरेका थिए । स्वागत मन्तव्य कक्षा १० कै सफल थापाले गरेका थिएभने बालदिवसको महत्वको बारेमा बोलेकी थिइन् ।
कार्यक्रममा विभिन्न जातिय राष्ट्रिय पोसाकलाई प्रस्तुती दिएका थिए । विभिन्न जातिय राष्ट्रिय पोसाक प्रदर्शनको साथमा आफ्नो साँस्कृतिक पर्वको बारेमा समेत उनीहरुले बताएका थिए । साँस्कृतिक झाँकी प्रदर्सनको क्रममा क्षेत्रीब्राह्मणले मनाउने जनै पुर्णिमाको बारेमा कक्षा आठका बैभव नेउपानेले बोलेका थिए । त्यसैगरी थारुहरुको राष्ट्रिय पोसाक र पर्व जितियाको बारेमा कक्षा आठकी आयसा चौधरीले बताएकी थिइन् । झाँगडको राष्ट्रिय पोसाक र महान पर्व कर्माधर्माको बारेमा जेनिशा उराँवले प्रष्ट्याएकी थिइन् । मुस्लिमको राष्ट्रिय पोसाक बुर्काको महत्व साथै ईद-उल-फित्र कसरी मनाइन्छ भन्ने बारेमा कक्षा ६ कि आसिफा प्रवीणले बोलेकी थिइन् । त्यसैगरी मैथिल समुदायको राष्ट्रिय पोसाकको बारेमा बताउँदै मैथिल पर्व जितियाको बारेमा प्रष्ट पारेकी थिइन् कक्षा १० कि साक्षी यादवले । नेवा समाजको पोसाकको परिचय दिंदै कक्षा १० कै नमन श्रेष्ठले गराउँदै आफूले मनाउने गरेको क्वाँटी पूर्णिमाको बारेमा बताएका थिए ।
विभिन्न नृत्य्हरु प्रस्तुत गर्दै रमाइलो गरेका विद्यार्थीहरुले बिशिस्ट अतिथी र प्रमुख अतिथिको मन्तव्य र मायाको चिनो वितरण गरेपछि पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।
दोश्रो चरणको कार्यक्रममा विद्यार्थी एवं शिक्षकहरुले विभिन्न गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई बिस्कुट वितरण गरेपछि कार्यक्रम समापन गरिएको थियो ।