भदौ १५ गते,
इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नगरक्षेत्रमा निर्माण हुने अस्पताल र बृद्धाश्रमका लागि आफ्नो ब्यक्तिग जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।
मंगलबार परिवारमा आयोजित तिज कार्यक्रममा नगर प्रमुल भण्डारीले बुबा श्रीप्रसाद भण्डारी र आमा धर्मशिला र कृष्णमाया भण्डारीको नामबाट जग्गा दान गर्ने घोषणा गनुैभएको हो ।
नगर प्रमुल भण्डारील हाल बजार मुल्यअनुसार करोडौ रुपैया पर्ने इनरुवा नगरपालिका वडा नं– ५ मा रहेको आफ्नो ब्यक्तिगत सम्पत्तिबाट १९ कट्ठा जग्गा अस्पताल र बृद्धाश्रम निर्माणको लागि इनरुवा नगरपालिकाको नाममा पास गर्ने घोषणा गर्नुभयो ।
नगर प्रमुल भण्डारीले दान गर्ने जग्गा इनरुवामा निर्माणको योजनामा रहेको आँखा अस्पताल, जिल्ला आयूर्वेद अस्पताल र बृद्धाश्रमका लागि प्रयोग गरिने उल्लेख छ ।