गनेश कुमार यादव
माघ ५ गते,इनरुवा । इनरुवा जेसिसकाे ४१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
शुक्रबार इनरुवा-१ राेयल पार्टी प्यालेसमा ४१ औं पदस्थापना तरा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । साे कार्यक्रममा बर्ष २०२५ का अध्यक्ष सत्यनारायण यादव(सत्या) सहितका पदाधिकारीहरुले सपतग्रहण समेत गरेका थिए । ।
साे कार्यक्रममा इनरुवा जेसीस बर्ष २०२५ का अध्यक्ष सत्यनारायण यादव(सत्या)ले वोर्ड पुरा गर्नको लागि
जेसी प्रितम अटल व्यापार वाणिज्य समन्वय संयोजक,
जेसी झरना बस्नेत महिला संयोजक,जेसी रविन मेहता,सदस्य वृद्धि संयोजक,जेसी महेश्वर साह खेलकुद संयोजक,जेसी डा. आस्मा भट्टराई स्वास्थ्य संयोजक,जेसी रोहन कुमार साह तालिम संयोजक,जेसी शुभम कर्ण शिक्षा संयोजक,जेसी सुचित्रा कुमारी महतो संघ संस्था समन्वय संयोजक,जेसी मिकाईल आलम सूचना तथा संचार संयोजक,जेसी सौरभ अटल विपद् व्यवस्थापन संयोजक, जेसी प्रलाद मेहता युवा संयोजक,जेसी अभिषेक खेरवार जनसम्पर्क अधिकारी,जेसी संगित निरौला सचिव,जेसी बिक्रम कुमार गुप्ता कोषाध्यक्ष,जेसी निश्चल कार्की कानूनी सल्लाहकार, जेसी संजय यादव महासचिव, जेसी मनोज निरौलालाई अध्यक्ष सल्लाहकार पदमा नियुक्त गरेका थिए ।
साे कार्यक्रमका प्रमुख अतिथि इनरुवा जेसिसका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइरालाले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्न जेसीजले अग्रणी भूमिका खेलेको भन्दै यस्तै सकारात्मक सोचका साथ समुन्नत समाज निर्माण गर्न जाेड दिएका थिए ।