ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा शिक्षकहरूको हस्तलेखन प्रतियोगिता

उत्कृष्ट हस्तलेखनलाई नगद पुरस्कारसहित सम्मान

गणेश कुमार यादव by गणेश कुमार यादव
May 29, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा शिक्षकहरूको हस्तलेखन प्रतियोगिता
78
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव,

जेष्ठ १५ गते,इनरुवा ।१८ औं गणतन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाभित्रका निजी तथा आवासीय विद्यालयमा कार्यरत आधारभूत तहदेखि कक्षा ८ सम्मका शिक्षकहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं–३ स्थित ओम साईं पार्टी प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शिक्षामा गुणस्तर अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको आयोजना निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) इनरुवा नगर समितिले गरेको हो। शिक्षकहरूको सिर्जनात्मक क्षमता, लेखन शैली तथा आकर्षक प्रस्तुतीकरणलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिए।प्रतियोगितामा इनरुवा इङ्गलिस बोर्डिङ स्कुलकी शिक्षिका अनन्ता आचार्य प्रथम, दमार्टर इङ्गलिस बोर्डिङ स्कुलकी शिक्षिका कञ्चन कोइराला द्वितीय, जनक स्मृति विद्यालयकी शिक्षिका प्रिया पोदार तृतीय तथा मल्टिपल क्रिएटिभ बोर्डिङ स्कुलकी शिक्षिका सान्त्वना स्थानमा विजयी भएका छन्। प्रशिक्षक तथा निर्णायक सुरज चौधरीले विजेताहरूको घोषणा गरेका थिए।

विजेताहरूलाई क्रमशः प्रथमलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु १५,०००, द्वितीयलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु १०,०००, तृतीयलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु ८,००० तथा सान्त्वनालाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद रु ५,००० प्रदान गरिएको इनरुवा नगर प्याब्सनका सचिव गंगाराम मण्डलले जानकारी दिए।

कार्यक्रममा शस्त्र प्रहरी बल नेपाल ४ नं गण हेक्वा सुनसरीका प्रहरी उपरीक्षक निर्मल थापा, केन्द्रीय प्याब्सनका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार शंकर थापा, मनोज कुमार यादव, जिवराज दाहाल, निरज नेपाल लगायतको आतिथ्यता रहेको थियो। इनरुवा नगरपालिका अन्तर्गतका निजी तथा आवासीय विद्यालयका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Tags: इनरुवाउत्कृष्ट हस्तलेखनलाई नगद पुरस्कारसहित सम्मानगणतन्त्र दिवसगनेश कुमार यादवहस्तलेखन प्रतियोगिता
Previous Post

दोश्रो समैयाघाट सिल्ड कप फुटबल प्रतियोगिता सुरु

Next Post

गाँजा तस्करकाे नयाँ तरिका असफल

Next Post
गाँजा तस्करकाे नयाँ तरिका असफल

गाँजा तस्करकाे नयाँ तरिका असफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist