भदौ १६गते,काठमाडौँ । काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।
काठमाडौं महानगरपालिकाले ७ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ दमकल इन्डोनेसियामाबाट ल्याएको हो । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थिजयो । इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोनेसियाबाटै दमकल पठाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।