ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चौकीदारको विभत्स ढङ्गले हत्या

गणेश कुमार यादव by गणेश कुमार यादव
January 28, 2026
in मुख्य समाचार
0
आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु
38
SHARES
Share on FacebookShare on Twitter

सर्लाही, पुस १९ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राईटरखोरमा शनिबार सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ ।

परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको हो । महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ जानुभएको थियो । महतो शनिबार दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरेका थिए ।

खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो । घटनास्थलमा अहिले साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला परेको छैन् । घटनास्थलमा रहनुभएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आवश्यक अनुसन्धान र शव पोष्टमार्टमका अस्पताल लैजान प्रक्रिया भइरहेको गोरखापत्र अनलाइनसँग बताउनुभयो ।

वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा महतोको हत्या भएको बताउनुभयो ।

Previous Post

फरार कैदीको भारतमा मृ’त्यु

Next Post

शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित

Next Post
शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित

शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1521 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist